Logo

अमेरिकाको डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा नेपाली मुलका सतिश चापागाईँ निर्बिरोध निर्वाचित


जुलाई १९ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टिको बाल्टिमोर काउण्टी डिस्टिक ७ए बाट केन्द्रिय सदस्यमा नेपाली मुलका युवा सतिश चापागाईँ निर्विरोध निर्वाचित भएका छन् ।

उक्त पदमा सो पार्टीबाट दुईजना पुरुष हुनुपर्नेमा चापागाईँको मात्र एकल उमेद्वारी परेपछि उनी निर्विरोध भएका थिए। तर, सोही पदमा दुई महिलाको सिटमा ३ महिलाको मनोनयन परेपछि निर्वाचन भएको थियो । चापागाईसंगै अन्य दुई महिला निना म्याक हग र जुलिया आर सुगर विजयी भएका छन् ।

चापागाईँ नेप्लिज डायस्पोरा अनलाईनका सम्पादक हुन् । चापागाईँले नेपालमा लामो समय पत्रकारिता गरेका थिए । निर्वाचनमा खटिएका स्वयंसेवकहरूलाई चापागाईँले धन्यवाद ज्ञापन गरेका छन् ।

आफ्नो अमेरिकी राजनीतिको मूल प्रवाहमा आउनुको कारणबारे चापागाईँले भने, “हामीले भावी पुस्तालाई बाटो देखाएका हौं । यो यात्रालाई आयतनमा होईन आयाममा नापौं ।”

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)