भारतलाई क्रिकेटमा हराए पछि खुशीयाली मनाउने क्रममा पाकिस्तानमा १२ जना घाईते • Osvevo

भारतलाई क्रिकेटमा हराए पछि खुशीयाली मनाउने क्रममा पाकिस्तानमा १२ जना घाईते

Loknath Rijal (Jhapa) October 25, 2021
0

टी–२० वल्र्डकपका भारत पाकिस्तानबीच दुबईमा भएको प्रतिष्पर्धामा भारत पराजित भएको छ । खेल जितेपछि पाकिस्तानले खुशी मनाएको छ । खुशी मनाउन अनियन्त्रित रुपमा बिभिन्न शहरमा भिड निस्किएको थियो । उनीहरुले सडकमा बिभिन्न तरिकाले खुशी मनाएका थिए । सडकमा खुलेआम नाचेका थिए पाकिस्तानी जनताहरु । त्यस्तै खुशी मनाउने क्रममा भएको फायरिंगमा १२ जना घाइते भएका छन् ।

पाकिस्तानी मीडिया हाउस जियो न्युजका अनुसार कराँचीको कतिपय क्षेत्रमा भएको गोलाबारीमा एक सब इन्स्पेक्टर सहित १२ जना घाईते भएका छन् । कराँचीको ओरन्जी टाउन सेक्टरमा ४ तथा चौरांगी क्षेत्रमा ४ मा अज्ञात समुहले चलाएको गोली लागेर २ जना घाईते भएका छन् । त्यस्तै अन्य बिभिन्न ठाउँमा भएको गोलाबारीमा परि अन्य ब्यक्ति घाईते भएका छन् ।

भारतलाई इतिहासमै पहिलो पटक हराएको खुशीयालीमा पाकिस्तानमा जनता सडकमा उत्रिएका थिए । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि क्रिकेट टीमलाई बधाई दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर