फेरी संझियो बलिउडले अभिनेता सुशान्त सिंह राजपुतलाई , उनले अभिनय गरेको छिछोरे फिल्मलाई नेश्नल अवार्ड • Osvevo

फेरी संझियो बलिउडले अभिनेता सुशान्त सिंह राजपुतलाई , उनले अभिनय गरेको छिछोरे फिल्मलाई नेश्नल अवार्ड

Loknath Rijal (Jhapa) October 25, 2021
0

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक बर्ष पुरा भइसकेको छ । त पनि उनका फ्यानहरुले उनको मृत्युलाई बिश्वास नै गरेका छैनन् । कुनै न कुनै बहानामा फ्यानहरुलाई सुशान्तको याद आई नै रहेको हुन्छ । फिल्म जगतका एकदम नजिकका साथीहरु उनलाई एकदमै संझीरहेका हुन्छन् । उनी फिल्म उद्योगमा एक राइजिंग स्टारका रुपमा रहेका थिए । तर अल्पायुमै उनले यो संसार छोडेर जानाले सबै उनका फ्यानहरु शकमा रहेका थिए ।

उनको केही शानदार फिल्म मध्ये एक छिछोरे पनि रहेको थियो । यस फिल्मलाई नेश्नल अवार्ड समेत जित्न सफल भएको छ । यसैक्रममा फिल्मका निर्देशक तथा निर्माता सुशान्त सिंह राजपुतलाई संझना गर्दै उनमै उक्त अवार्ड समर्पित गरेका थिए । छिछोरे फिल्मका निर्माता साजिद नाडियाडवालालाई यस फिल्मको लागि राष्ट्रिय पुरस्ककार मिलेको छ जसले सर्वश्रेष्ठ फिल्मको उपाधी जितेको हो । उनले यो पुरस्कार दिवंगत सुशान्त सिंह राजपुत प्रति समर्पित गरेका छन् । कलाकारको निधन प्रति साजिद एकदमै इमोश्नल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर