Logo

पिकअप भ्यान खोलामा खस्दा ८ जनाको गयो ज्यान


जाकार्ता, २३ साउन-इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार बिहान पिकअप भ्यान गहिरो खाडलमा खस्दा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटना प्रान्तको सिआमिस जिल्लाको सिबेरियम गाउँमा भएको हो । उक्त गाडीमा छिमेकी जिल्ला मजालेङ्काका बासिन्दा सियामिसमा विवाह समारोहमा सहभागी हुन सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सियामिसका प्रहरी प्रमुख टोनी प्रसेट्यो युधाङ्कोरोले स्थानीय सञ्चारमाध्यमलाई जनाएअनुसार छ यात्रुको घटनास्थलमै र अन्य दुईजनाको नजिकैको अस्पतालमा उपचारका क्रमाम मृत्यु भएको थियो ।घाइते अन्य नौ जनाको भने स्थानीय अस्पताल र क्लिनिकहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको कारण भने गाडीको ब्रेक फेल भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।(रासस-सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)