कोरोनाको खोप वितरणको काममा समानता हुनुपर्ने महासचिव गुटेर्रेसको आग्रह • Osvevo

कोरोनाको खोप वितरणको काममा समानता हुनुपर्ने महासचिव गुटेर्रेसको आग्रह

LC (KTM) October 26, 2021
0

संयुक्त राष्ट्रसंघ ९ कात्तिक – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको हो ।
महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यो आग्रह गर्नुभएको हो । महासचिव एन्टोनियो गुटेर्रेसले भन्नुभएको छ – अहिले पनि खोपको वितरण त भइरहेको छ, सबै देशमा यो पुगेको छ र नागरिकलाई वितरण गरिएकै छ तर पनि अहिलेको प्रयासलाई कम्तीमा पनि दोब्बर बनाउनुपर्ने देखिएको छ ।

उहाँले भन्नुभएको छ कि अहिले यो खोप सबैभन्दा धेरै आम्दानी भएका देशहरु जस्तै धनी देश र मध्यमबर्गीय देशहरुमा यो पुगेको छ तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न सकेको छैन ।उहाँले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ भन्नुभयो ।

उहाँले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडोभन्दा चाँडो ज्यान लिएको छ भन्नुभयो । महासचिव एन्टोनियो गुटेर्रेसले विश्वमा मानवीय संकट निम्त्याइरहेका यी दुवै समस्याका विरुद्धमा विश्वका देशहरु सबै एक भएर लड्नुपर्नेमा जोड दिनुभयो ।(रासस÷सिन्ह्वा) ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर