Logo

दार्जलिङ्गमा बिराट साहित्य उत्सव तथा सम्मान समारोह सम्पन्न


दार्जलिङ्गमा २७ र २८ अगस्तमा बिराट साहित्य उत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ । गोर्खा रङ्गमञ्च भानु भवन दार्जीलिङ भएको उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा सम्पन्न भएको हो । अन्तर्राष्ट्रीय स्तरको उक्त दुइदिने समारोहमा प्रथम दिनको समारोह राहुल राई बोगीको अध्यक्षता रहेको थियो भने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यालय प्रमुख अनित थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

चौरस्ताबाट बेन्ड बाजा बजाउदै सबै साहित्यकारहरू लाई भानु भवनमा पुर्याएर स्वागत गरिएको थियो । प्रथम सत्रको कार्यक्रममा प्रध्यापक डा० गोबिन्द राज भट्टराईद्वाराको सम्भाषण समसामयिक नेपाली साहित्य र विश्व नेपाली साहित्य महासङ्घको भुमिका विषयको बार्ता मननयोग्य थियो भने यसै कार्यक्रममा तिनवटा विषेश पुरस्कार पनि प्रदान गरिएको थियो । पुरस्कारहरू निम्नानुसार थिए :

१.आशारानी स्मृति पुरस्कार
भाषा संग्रामी प्रा.डा. तेजमान बराईली
२.साहित्य क्षेत्रमा, कर्ण थामी स्मृति पुरस्कार
गीतकार दलसिंह अकेला
३.साहित्यिक पत्रकारितामा
पत्रकार सविता संकल्प

स्रष्टाहरुलाई उक्त पुरस्कार एक लाख एक हजार रुपैयाँ नगद राशीका साथमा अभिनन्दन पत्र, स्मृति चिन्ह, दोसल्ला, शिरशोभा आदिले सम्मान गर्दै पुरस्क्रित गरिएको थियो ।

यसै कार्यक्रमको दोस्रो सत्रको समारोहमा विभिन्न साहित्यिक अनि सांगीतिक समागमहरूको साथमा प्रतिष्ठित साहित्यकार,साहित्य एकेडेमी नेपाली भाषा परामर्श समितिका संयोजक डा जीवन नामदुङ, सिक्किमबाट आमन्त्रित विशेष अतिथि सीपी शर्मा साथै डा सुकराज दियालीलाई उक्त मन्चमा सम्मान गरिएको थियो ।

श्रीमति बिन्दया सुब्बाले भारतिय लेखनमा नारी , विश्य कार्यपत्र प्रस्तुत गरेकी थिइन भने प्रमुख अतिथि प्रोफेसर महेश पौडेलको भाषण अतिनै सारगर्भित थियो । समारोहमा दार्जीलिङका प्रतिष्ठ गायिका सोनु राईद्वारा गीत प्रस्तुत गरियो।

विनेसाम भारत शाखाको मुखपत्र नवकलमका धारहरू साहित्य सेतु कविता संग्रह, सामूहिकरूपमा विमोचन गरियो। त्रिभुवन विश्वविद्यालय प्राज्ञ डा. देवी नेपाल, त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा. डा. गंगाप्रसाद प्रसाई,सिक्किमबाट सी पी शर्मा , सिक्किमबाट प्रा. डा. पुष्प शर्मा लगायत , प्रा. डा. कविता लामा, लगायत जापान, नेपाल र भारतबाट बरिष्ट साहित्यिक अतिथिहरूको उपस्थिति रहेको थियो।

उक्त समारोहमा विनेसाम भारत शाखाको पक्षमा अन्तर्राष्ट्रीय समागमको निम्ति अध्यक्ष राहुल राई बोगी,सचिव सुमित्रा अविरल लगायत अन्य सदस्यहरूको उपस्थिती रहेको थियो । दोस्रो दिन २८ अगस्तमा मोजेस त्रीभद्री, सरस्वति शर्मा, दिपक चाम्लिङ्ग, प्रेम विश्वकर्मा, ज्ञान बहादुर क्षेत्री र दिपक चाम्लिङ्ग गरी छवटा श्रष्टाका पुस्तकहरूको सामुहिक बिमोचन गरीएको थियो ।

यसका साथै श्री विकास कार्की( भाषा) प्रा. डा. कविता लामा ( बाल साहित्य)अनि श्री नकुल शर्माले ( युद्ध साहित्य) कार्यपत्र प्रस्तुत गरेका थिए।

रेडियो कर्मी एफ एमका उदघोशक श्री चन्द्र भण्डारी लगायत अन्यले आ-आफ्ना बक्तब्य पेश गरेका थिए भने प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले जानकारी दिदै “विश्वका हरेक नेपाली साहित्यकारहरुले अब देखि प्रज्ञा प्रतिष्ठानबाट चिनारी पत्र (ID Card) पाउने छन्”भन्नु भयो ।
र अन्तमा सांगितिक कार्यक्रममा सोनु राई, दुर्गा खरेल आदिका मिठा-मिठा गितहरूको रसास्वादन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

Open photo

Open photo

Open photo

 

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)