Logo

भारतमा नेपाली पुस्तक बिमोचन र सम्मान


अगमसिंह गिरी संस्थान सलुवा(कलकत्ता) को आयोजना तथा सुकुना साहित्यिक साँस्कृतिक संस्थान शिलगढी भारतको सह आयोजनामा मूर्धन्य साहित्यकार नर बहादुर दाहाल अभिनन्दन बिशेषाङ्क “परदेशी”को लोकार्पण समारोह आज एक भब्य कार्यक्रमका बीच सुकुना उच्चत्तर माध्यमिक बिद्यालयको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा साहित्यकार नर बहादुर दाहालको ८५औं जन्मोत्सव केक काटेर मनाउनुका साथै नर बहादुर दाहाल बिशेषांमक “परदेशी” को लोकार्पण गरिएको थियो ।विभिन्न क्षेत्रका बिशिस्ट योगदान गरेका १० जना महिला प्रतिभाहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा पुरानो पुस्ताकी गायिका तथा संगीतकार शान्ती ठटाल, अलइण्डिया रेडियो ,दुरदर्शनकी सेवानिबृत्त उद्घोषिका र जार चलचित्र कि मुख्य नायिका देबिका मोक्तान , परालको आगो कि नायिका जीवन काँडा कि फुल कि बोजु मेनुका प्रधान,सुभद्रा बम्जन,सविता संकल्प,रङ्गु सौरिया,दीपा राई, शान्ती राई,मातृका गजमेर,र उर्मीला घिसिङ हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथिका भार साहित्यकार कृष्णसिंह मोक्तानले निर्वाह गर्नु भएको थियो। नेपाल र भारतका विभीन््न भागबाट आएका बिष्ट साहित्यकारहरूले खचाखच प्रक्षागृह भरिएको थियो।

उनी साहित्यका एक सफल पाठक लेखक र अध्येता हुन्। उनी पचासको दशकदेखि दार्जिलिङ जिल्ला, असम र नेपालको साहित्यिक गतिविधिका साक्षी हुन्। प्राय: प्रत्येक साहित्यिक चर्या, गोष्ठी, प्रकाशनसित परिचित छन्। उनी जिउँदो जाग्दो साहित्यिक व्यक्तित्व हुन्। चालिसको दशकदेखि हालसम्मकै नयाँ र पुराना साहित्यिक, सामाजिक र राजनैतिक गतिविधिका साक्षी पनि हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले भानु प्रज्ञा अन्तरदेशिय नेपाली साहित्य पुरस्कार रु २०००००-( दुई लाख)को नरबहादुर दाहालको नाउमा घोषणा गरिएको कुरा पनि उक्त अवसरमा स्मरण गराइएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)