Logo

राष्ट्र निर्माणका लागि युवा सहभागिता अभियानको घोषणा


नेपालमा आउदै गरेको निर्वाचनमा मददातालाई सचेत बनाउनशशक्त राष्ट्र निर्माणका लागि युवा सहभागिता अभियानको घोषणा गरिएको छ । आज रिपोर्टस क्लबमा एक कार्यक्रम आयोजनाका विच एक विशुद्ध स्वतन्त्र अभियान घोषणा गरिएको हो । यस अभियानमा नेपालका सबै जिल्लाका सबै नागरिकहरु सहभागि भई उचित उम्मेदवार छनौट गर्न यस अभियानले प्रभावकारी भुमिका खेल्छ भन्ने यसको लक्ष्य रहेको आयोजकले बताएका छन् ।

कार्यक्रममा बोल्दै संयोजक श्याम बस्नेतले संसदमा ७० प्रतिशत ६० बर्ष मुनिका युवा विजयी भएर पुग्नुपर्छ र देशको निति निर्माणमा लाग्नुपर्छ भन्दै बुढा नेतासंग भ्रष्टाचार गर्ने मात्र अनुभव भएको र अब युवाले जित्नुपर्नेमा जोड दिए ।

संसदमा ६० जना स्वतन्त्र युवाले जितेमात्र देश परिवर्तन हुनसक्छ मुख्य उद्येश्य रहेको यस कार्यक्रममा आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा युवा मतदाताहरुले आफ्ना अभिभावकहरुलाई समेत सचेत गराउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै चलचित्र निर्देशक समेत रहेका अभियान्ता जनक खड्काले पार्टिको होस या स्वतन्त्र उम्मेदवार छनौट गर्दा स्वतन्त्र अभियानलाई सञ्चालन गराई उम्मेदवारहरुलाई प्रश्न गरेर उम्मेदवारको विगत वर्तमान र भावि योजनालाई हेर्दै उम्मेदवारको योजना पुरा गर्न सक्ने नसक्ने आँकलन गरि देशको निति निर्माण गरेर नेपाललाई समृद्ध बनाउन सक्ने आधारहरु हेरी कुन उम्मेदवार सहि छ भनी आफ्ना अभिभावकलाई समेत सचेत गराई देशभरबाट संसदमा सहि मान्छे मात्र विजयी गराऊन आग्रह गरे ।

रबि लामीछानेको स्वतन्त्र पार्टि र यस अभियानमा के फरक छ भन्ने प्रश्नको जवाफ दिदै वालेन स्वतन्त्र भएको तर रवी लामिछाने पार्टिको भएको बताए। निर्वाचन आयोगले स्वतन्त्र शब्द दिएकोमा आपत्ती जनाऊदै स्वतन्त्रको ट्रेण्ड देखेर स्वार्थ लुट्न खोज्नेबाट सावधान रहन आग्रह गरे। रामनामको कपडा ओडेर चोर छिर्नसक्ने बताऊदै यस अभियान सञ्चालनको नाममा कुनै पनि चन्दा संकलन जस्ता क्रियाकलापहरु सञ्चालन गर्न नपाईने बताए । ऊनले भने “सहयोग गर्न कोहि ईच्छुक भएमा रु १० देखि रु १००० सम्म मात्र आर्थिक सहयोग स्वीकार गर्न पाईनेछ । रु १००० माथि कसैले सहयोग गर्न चाहेमा यस अभियानकर्ताले अस्वीकार गर्नेछन् ।”

नेपालमा पछिल्लो समयको राजनैतिक घटनाक्रम हेर्दा स्वतन्त्र उम्मेदवार बन्दा विजयी हुने लालसमा स्वार्थ बोकेका स्वतन्त्र भित्रीएका र झुटा सपना देखाएर चुनाव जित्ने राजनैतिक दलका उम्मेदवारलाई खवरदारी गर्न यस अभियानको आवश्यक्क्ता रहेको छ ।

देशले हामीलाई के गर्यो भन्ने प्रश्न भन्दा अगाडी देशलाई हामीले के गर्याै भन्ने सोचेर अगाडी बढ्न अनुरोध गर्दै शशक्क्त राष्ट्र निर्माणमा युवा सहभागि हुनुपर्छ नो भोट क्याम्पनेङ नगर्न खड्काले आग्रह गरे ।

युवाले राजनितिमा वास्था नगर्दा देश पछाडि धकेलिएकोले युवाले सके नेतृत्व गर्न हिम्मत गरौँ नसके सहि उम्मेदवार छनौट गरौँ भन्ने यस अभियानको मुख्य ऊद्येश्य रहेको संयोजक बस्नेतले बताए ।

“बुढा नेतासंग भ्रष्टाचार गर्ने मात्र अनुभव छ, अब युवाले जित्नुपर्छ” श्याम बस्नेत ।

“संसदमा ६० जना स्वतन्त्र युवाले जितेमात्र देश परिवर्तन हुनसक्छ” श्याम बस्नेत ।

“वालेन स्वतन्त्र हुन् रवि स्वतन्त्र होईनन् , पार्टिको नाममा स्वतन्त्र शब्दप्रति आपत्ती छ ” – जनक खड्का ।

सुरू भयो देशब्यापी युवा सहभागीता अभियान, चुनावमा ६० बर्ष मुनिका युवा जिताउने लक्ष्य।

दल होस वा पार्टि तर स्वतन्त्र युवा संसदमा आउनु पर्यो -जनक खडका

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)