निर्देशक कृष्ण पौडेल अब अभिनयमा पनि
म्युजिक भिडियोका निर्देशक कृष्ण पौडेलले अभिनय गरेको म्युजिक भिडियो “ढड्कन” बजारमा आएको छ । यो सुन्दर गीतको अभिनयमा जोडी बनी इन्दु दनुवारले साथ दिएकी छिन् ।
लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको सो गीतको गीतकार भने ईन्दु दनुवार नै रहेकी छिन् भने बिकास चौधरीको सङ्गीत रहेको छ ।युवराज खत्रीको निर्देशनमा सुजन श्रेष्ठले छायाँकन गरेको यो सुन्दर गीतलाई तारा सितारा प्रोडक्सनले निर्माण गरी बजारमा ल्याएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला :