जनकपुरधाम उपमहानगरपालिकाको फोहर नउठाएको भन्दै वडाध्यक्ष आन्दोलित • Osvevo

जनकपुरधाम उपमहानगरपालिकाको फोहर नउठाएको भन्दै वडाध्यक्ष आन्दोलित

LC (KTM) November 01, 2021
0

जनकपुरधाम -दशैँ तिहारमा पनि जनकपुरधाम उपमहानगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै केही वडाध्यक्ष आन्दोलित बनेका छन् ।
फोहोरले जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन् । दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्ष दीपेन्द्र साहले बताए ।

आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका थिए । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरू केही समय धर्नासमेत बसेका थिए ।

जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएको र सरसफाईको नाममा करोडौं रुपैयाँ खर्च गरे पनि फोहरको व्यवस्थापन वडाध्यक्षहरूको आरोप छ । उनीहरूले फोहरको चाडै व्यवस्थापन नभए आफूहरूले मेयरलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर