सुसान्त सिंहकी प्रेमिका अंकिता लोखन्डेले प्रेमी बिक्की जैनसँग बिहे गर्दै • Osvevo

सुसान्त सिंहकी प्रेमिका अंकिता लोखन्डेले प्रेमी बिक्की जैनसँग बिहे गर्दै

Osnepal Admin (KTM) November 01, 2021
0

काठमाडौं, १५ कात्तिक -टेलिभिजन अभिनेत्री अंकिता लोखण्डेले प्रेमी बिक्की जैनसँग यसै वर्षको डिसेम्बरमा बिहे गर्ने भएकी छन् ।भारतीय मिडियाका अनुसार उनीहरूले डिसेम्बर १२, १३ र १४ मा मुम्बईकै एक होटलमा बिहे गर्ने तयारी थालेका छन् । उनीहरूले सोमबार बिहान आफ्ना नातेदार र निकट मित्रहरूलाई आफूहरूले सो मितिमा बिहे गर्ने निर्णय गरेका खबर पठाएका हुन् ।

सन् २००९ मा टेलिभिजन शृंखला ‘पवित्र रिस्ता’ मा अभिनय गरेर चर्चामा आएकी उनी दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको पूर्वप्रेमिकाको रूपमा परिचित छिन् । उनले सन् २०१९ मा ‘मणिकर्णिका’ फिल्मबाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । उनका प्रेमी बिक्की भने बिजनेस म्यान हुन् ।

उनीहरू केही वर्षयता प्रेममा छन् । उनीहरूले आफ्नो बिहेमा क-कसलाई बोलाउने भनेर लिस्ट तयार गरी खबरसमेत गरिसकेका छन् ।यसै वर्ष अर्थात् २०२१ मै बिहे गर्न लागेका बलिउड स्टारमा राजकुमार राव, कैटरिना कैफ र बिक्की कौशल छन् । राजकुमारले प्रेमिका पत्रलेखासँग नोभेम्बरमै बिहे गर्दैछन् भने कैटरिना र बिक्कीले भने डिसेम्बरमा बिहे गर्न लागेको खबर फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर