Logo

मेसी बिना नै मैदानमा उत्रिएको बार्सिलोनाले निकाल्यो शानदार जित, स्वारेज सुरुदेखि अन्तिमसम्म यसरी चम्किए


एजेन्सी । लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको बार्सिलोनाले फेरी अर्को शानदार जित निकालेको छ । स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले जितको यात्रालाई निरन्तरता दिँदै खेलको ११ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाले अग्रता दिलाएपछि चम्किएको बार्सिलोनाले गएराती निकै रोमाञ्चक खेल खेल्यो । बार्सिलोना विरुद्ध रियोले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएप ।

जोस एञ्गल पोजोले गोल गरेर बराबरीमा रोकेपछि दोस्रो हाफमा पहिलो गोल रियो भालेकानोले खेलको ५७ औं मिनेटमा एल्भारो गार्सियाले गोल गर्दै घरेलु टिम भालेकानोलाई अग्रता दिलाए । तर ८७ औं मिनेटमा डिम्बालाले बार्सिलोनाका लागि बराबरी गोल गरे । बराबरीको शृखला धेरै समय नटिकी खेलको अन्तिम समयमा लुइस स्वारेजले सेर्गी रोबेर्टोको पासमा उत्कृष्ट फिनिस गरेपछि बार्सिलोनाले बाढिसकेको अंक आफ्नो पक्षमा पार्दै शानदार जित निकाल्यो । गएरातीको जितसँगै बार्सिलोनाले ११ खेलबाट २४ अंक जोड्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)