Logo

मुक्तकमणिका तीन मुक्तकहरू


मुक्तक-

हैरान हुँदैन, आजित हुँदैन
पनपच्छेमा विभाजित हुँदैन
यो आरम्भको साथै अन्त पनि हो
सत्य कहिल्यै पराजित हुँदैन।
X
अब समृद्धिको बीउ लागेको छ
भरभराउँदो जीउ लागेको छ
तिम्रो आफ्नै हत्केलो हेर त साथी,
पाँचै औँलामा घिउ लागेको छ।
X
धेरैको मुखमा चपाउँदै गरेको पानै देख्छु
राजनैतिक सागरमा मिलन र दोभानै देख्छु
देश डुब्यो डुबाए भनेर जत्ति कराए पनि-
खै म त जस्लाई हेर्‍यो उस्लाई ओभानै देख्छु।

X

(“संक्षिप्त रुपमा विशाल आयम समावेश गर्ने एक साहित्यिक अंश” मुक्तक हो।)
(“ A literary piece containing a vast dimension in short form.” Muktak.)

-तीर्थराज अधिकारी 

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)