Logo

सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए


बेरुत, २४ फागुन  :सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स रामी अब्देल रहमानका अनुसार पूर्वी सहर देइर एजोरमा इरान समर्थित समूहको हतियार कारखाना नजिक ड्रोन आक्रमण भएको हो । आक्रमण शीर्ष इरानी कमाण्डरहरू र लेबनानको हिजबुल्लाह आन्दोलनका वरिष्ठ अधिकारीहरूको निवासलाई लक्ष्य गरेर भएको ठानिएको छ ।

सिरियाली सरकारसँग गठबन्धनमा रहेका इरान समर्थक गुटहरू हिजबुल्लाहलगायत देइर एजोर प्रान्त हुँदै बग्ने युफ्रेटिस नदीको दक्षिण र पश्चिममा भारी मात्रामा तैनाथ छन् ।आतङ्कवादीले बिछ्याएको बारुदी सुरुङ देइर एजोर नजिक विस्फोट हुँदा केही हताहत भएका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि त्यसबारे विस्तृत विवरण दिएका छैनन् । गत जनवरी ३० मा सोही क्षेत्रमा भएको ड्रोन हमलामा ११ जना मारिएका थिए ।

सन् २०११ देखि प्रारम्भ भएको द्वन्द्वबाट करिब पाँच लाख सर्वसाधारणको ज्यान गइसकेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा क्रुर दमन भएपछि सिरिया द्वन्द्वको चपेटामा परेको हो । लाखौँ घरबारविहीन भएका छन्भने त्यति नै सङ्ख्यामा विस्थापित भएका छन् ।(रासस\एएफपी)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)