Logo

बालिकाको मृत्यु


बैतडी, १९ भदौ (रासस) – अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट घाइते हुनेमा पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)