उद्धार गर्न चुक्दै जनप्रतिनिधि • Osvevo

उद्धार गर्न चुक्दै जनप्रतिनिधि

Osnepal Admin (KTM) June 16, 2021
0

अर्घाखाँची ।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड नम्बर १० रुब्दि बाँगी खोला किनारमा विगत ६ वर्ष देखि बस्दै आएका फुर्सी नेपाली को परिवार भीषण वर्षाको कारण वासविहिन भएको छ। सामाजिक संजालमा प्रचारवाजी गरे पनि वास्तविक पीडित लाई उद्धार गर्न जनप्रतिनिधि सामाजिक अभियानता चुक्दै गएका छन ।

महामारी संगै जेठ महिना को अन्तिम हप्ता बाट निरन्तर भीषण वर्षाले गर्दा टहरामा पानी पसेपछि बासबिहिन हुन पुगेका हुन। फुर्सी नेपालीको परिवार लाई स्थानीय कल्पना खड्का ले बास दिएको बताउछिन् ।

एकातिर कोरोना को डर छ भने अर्को तिर बाढिको डर, डर माथि डर थपिदै गएको छ। वास्तविक पीडित लाई कसले फर्केर हेर्दैनन नखाने कुरा छ नबस्न लाइ बास तीन देखि नखाने मन लाग्छ नसुत्ने हामी सुतेकै छैनौं फुर्सी नेपाली बताउछिन् ।

आर्थिक अवस्था निकै कम्जोर भएपछी रोजगारी को शिलशिला मा छोरा पुस्कर नेपाली विगत ६ महिना देखि छिमेकी देश भारत गएपनि लकडाउन फसेकोले कामविहीन रहेको बताइन् । तीन छोराछोरी लाई बचाउन सारै गाह्रो भएको बताइन् । परिवार ले सहयोग लागि अपिल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर