राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली, आजै राजीनामा बुझाउने ! • Osvevo

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली, आजै राजीनामा बुझाउने !

Osnepal Admin (KTM) July 12, 2021
0

काठमाडौं २८ असार । सर्वोच्च अदालतले भोली साँझ सम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्टराष्ट्रपति विद्यादेवी भण्डारीलाई आदेश दिएपछि राष्ट्रपति भण्डारी अब कानुनविदसँग छलफल गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले बताए अनुसार राष्ट्रपति अब कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने निणर्य गरेकी छन् । प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई अदालतले आदेश दिने होइन भन्ने विषयमा परामर्श लिने जनाइएको छ ।

संविधानमा कुनै व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिने अदालतलाई अधिकार नभएको भन्दै यसह अघि सर्वोच्चलाई बुझाइएको लिखित जवाफमा समेत उल्लेख गरिएको थियो ।स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले शितलनिवास पुगेका छन् । आफ्नो सरकार ढल्नै लाग्दा राष्ट्रपतिसँग भेटवार्ता गर्द ओली राष्ट्रपति कार्यालय पुगेको बुझ्न सुकिन्छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।

सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने सम्भावना रहेको समेत बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर