यस्ता छन् बेसारका अधभुत फाइदा • Osvevo

यस्ता छन् बेसारका अधभुत फाइदा

Osnepal July 13, 2021
0

काठमाडौं-बेसाार स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो तरकालीमा हाल्दा तरकालीको स्वाद र रङमा मिठो पना आउने गर्दछ । यो एउटा कन्दमुल पनि हो ।

बेसारको रङ पहेँलो हुन्छ । आयुर्वेदका रुपमा बेसार प्रयोग हुँदै आएको छ । बेसारलाई ई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरिन्छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व दिई उपयोग गरिन्छ ।एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ ।

बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् ।मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।मधुमेहका बिरामीका लागि बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ ।

पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ ।बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ । त्यसैले बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर