म्यूजिक भिडियोमा गौरवको सक्रियता, आयो यस्तो गीतको भिडियो • Osvevo

म्यूजिक भिडियोमा गौरवको सक्रियता, आयो यस्तो गीतको भिडियो

Osnepal Admin (KTM) July 25, 2021
0

हाल क्यानाडामा बस्दै आएका गीतकार एवं सिनेमा निर्माता राजेन्द्र चोङवाङ्ग को लेखन एवं ममता गुरुङको आवाज रहेको गीत जति चोट सहेनी सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा संगीत एवं एरेन्ज बादल लिम्बुको रहेको छ । यस गीतको भिडियो पूर्वी नेपालका रमणिय स्थानहरुमा छायांकन गरिएको छ ।

यस गीतमा गौरव पहाडी र बिमला खजुमको अभिनय देख्न सकिन्छ भने निर्देशन उदय सुव्वाको रहेको छ । भिडियोमा गौरव र बिमला को अर्गानिक प्रेम देख्न सकिन्छ ।

यस गीतको भिडियोलाइ बिक्रम डिसिले छायांकन गरेका हुन् भन्े बल कुमार मगरले सम्पादन गरेका हुन् । गीतकार चोङवाङ्गले नेपाली हिट सिनेमा निर्माण गरेका छन् । उनले कानुन , क्रान्ती , लेखान्त, मेरो प्यारो माइतीघर , रिफ्यूजी , मुर्चुङ्गा , आकाशे खेती जस्तो चलचित्रका निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर