Logo

सबैको साझा उमेद्वार हु, कुल आचार्य,राजनैतिक गुटबन्दी संस्थाको हितमा बाधक ।


यूरोप प्रवासका नेपालीहरू माझ लोकप्रीय संस्था एन आर एन मा राजनिती हावी भएको प्रस्ट देखीएको छ बिशेष गरी संस्थामा आवद्द सदस्य लगायत प्रतिनिधीहरू नेपालमा रहेका राजनैतिक पार्टीका कुनै न कुनै भातृ संस्थामा आवद्द भएर खुल्ला रूपमा आईदिदा र बिभीन्न गुट उपगुटमा विभाजन भै दिदा यसको असर प्रत्यक्ष संस्थामा परेको छ ।

विशेष गरी संस्थाको अधीवेशन तथा सम्मेलन समयमा संस्थाका प्रतिनिधहरूमा चरम राजनिती प्रस्ट देखीनुले संस्थाको लोकप्रीय भविष्य नै खतरामा हुन सक्ने बताउदै संस्थामा आफु साझा उमेद्वार रहदै आएको प्रस्ट पार्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९,२१ को कार्यकालको लागी अध्यक्ष पदका उमेद्वार कुल आचार्यले राजनैतिक गुटबन्दी संस्थाको हितमा वाधक रहन सक्ने खुलाए ।

एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले थपे ‘विगतझैं यो अभियानलाई सबै अग्रज, मित्र र शुभचिन्तकहरूको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त समेत भएको बताए । एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्पसमेत उनले गरेका छन्। उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै निकै लोकप्रीय १० बुँदे घोषणा जारी समेत गरेका छन् ।

सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बाैद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढने बताएका छन्। वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित , वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरुको समस्या समाधानका लागि एनआरएनए हटलाइनको व्यवस्था गर्ने ,एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाइ उनीहरुसँग रहेको सीप, स्राेत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने , नागरिकता प्राप्तिको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउनसमेत पहल गर्ने बताएका छन्।

अध्यक्षका दाबेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढीभन्दा बढी मुलुकहरुसंग द्विपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो कर मुक्ति सम्झौताहरु गर्न नेपाल सरकारसँग संस्थागत पहल गर्ने समेत प्रतिबद्धता गरे। त्यसैगरी नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए। नयाँ समिति निर्वाचित भएको एक महिनाभित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारबीच दश अर्ब रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए ।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्। एनसीसी तथा आइसीसीमा नेतृत्व चुन्न अनलाईन भोटिङ्ग प्रणाली सुरु गर्ने व्यवस्थाका लागि लाग्नेछु,’ उनले भनेका छन् ‘विदेशमा हुर्किरहेका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसंग जोडनु मेरो उच्च प्राथमिकता हुनेछ।’ घोषणासभामा आचार्यले संस्थापक, पूर्वअध्यक्षहरु एवं विभिन्न देशमा पुगेर एनआरएनए अभियन्ता, सदस्य एवं पदाधिकारीहरुको सल्लाहमा अध्यक्षमा उम्मेद्वारी दिने निष्कर्षमा पुगेको बताए ।

आफूले एनआरएनलाई नयाँ शीराबाट अगाडि बढाउने बताउँदै अब दुई वर्षभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुको अपनत्व महसुस हुने किसिमको साझा चौतारीको रुपमा संघको विकास गरिने बताए । गोरा र नेपालीहरू का बिच समान पेन्सनका साथै आफ्ना बयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन गर्दै हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसँग पहल गर्ने समेत बताएका छन् ।

संस्थामा शुरूवातदेखी नै आफ्नो बल र बुताले भ्याएसम्म लाग्दै सहयोगी र परेको खन्डमा समन्वयकारी भुमीका निभाउदै समाजसेवा बोलेर भन्दा पनी भावनामा आउने कुरा बताउदै संस्था मा नाम भन्दा पनी काम नै गरेर देखाउदै आएका आचार्य ले काठमाडौमा शंकमुल पार्क को निमार्णमा सफल संयोजककारी भुमीका निभाई सकेका छन् । यतीबेला आचार्य महाधिवेशनको लागी काठमाडौ उत्रीसकेका छन् । उनले आफ्नो कर्म थलोबाटै पत्रकार सम्मेलन गर्दै आफु अध्यक्ष पदको प्रमुख दावेदार रहेको र पछी नहट्ने समेत बताईसकेका छन् भने आफ्नो १० बुदे प्रतीवद्दता र योजना सहित औपचारिक उमेद्वारी घोषणा पनी बेलायतमा आफनै कर्म थलोमा रहेका नेपालीहरू माझबाट गराए । साथै बेलायतको एन आर एन को चुनावी माहौल लाई निकै नै समन्वयता अपनाई सम्पन्न गर्न सफल भए । भोला लामिछाने

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)