Logo

एन आर एन स्पेनको डिस्को दशै


भोला लामिछाने , यूरोप- गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले दसैँ तिहारको उपलक्ष्यमा शुभकामाना आदनप्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा सहभागी बन्न स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायलाई संघले आह्ववान पनी गरेको छ। यसपाली हतारमा निर्णय लिईएको बताउदै नेपालमा अधीवेशनमा अभीयन्ताहरू जानु पर्ने भएकोले छिटो कार्यक्रम गरिएको संघ स्पेनका अध्यक्ष दिनेश गुरूड ले बताएका छन् ।

प्रत्येक ब्याक्ती द्वारा २५ यूरो तिरेर रात्री भोज सहित स्थानीय कलाकारहरूको मनोरन्जन समेत हेर्ने व्यवस्था गर्दै कार्यक्रमको आयोजना गरीएको छ । यसमा केही गैर आवासीय नेपालीहरूले शुल्क महड्गो भएको बताएका छन् । २५ यूरो तिर्न नसक्नी हैसियत नभएका हरू को लागी भने यो कार्यक्रम महड्गो सावीत भएकै हो । यसले वर्षमा एक पटकआउने एन आर एनको जिम्मामा रहेको दशै तिहार कार्यक्रम सबै नेपाली दाजुभाई दिदीबहीनीहरूको लागी सर्वशुलभ नभएको दुखेसो समेत सुनीएको छ ।

५,१० यूरो राखेर ठुलो हलमा आयोजना भएको भए उपस्थीती पनी बाक्लो हुने र संस्थाको लागी पनी त्यती भार नपर्ने थियो । नेपाली हरूको महान चाड दशै जमरा शेल रोटी सहीत अग्रजहरूबाट टिका आशीर्वाद ग्रहण गर्ने कार्यक्रम सबै नेपालीहरू जम्मा भएर हर्षोल्लासका साथ मनाउदै आईरहेको थियो । एन आर एनको कार्यक्रम सिमीत एक रेष्टुरेन्टमा गर्दा अन्य व्यवसायीहरू पनी रूष्ट हुने प्रवृती पनी देखा पर्ने गरेको पाईएको विगतका घटना क्रमहरूले देखाईरहेका छन् । कार्यक्रमबारे बिबरण:- मिति:- सेप्टेम्बर २९, आईतबार समय :- बेलुकी ७ बजे देखि १२ बजेसम्म प्रबेश शुल्क:- २५ युरो (रात्रिभोज सहित),९ बर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क स्थान:- Carrer de Bac de Roda, 144

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)