Logo

पत्रकार शिवाकोटीलाई ईन्जा साहसिक पुरस्कार दिइने घोषणा


दीपेन्द्र बस्नेत
पुनर्वास , कञ्चनपुर असोज २१
सत्तामा रहेर अनैतिक क्रियाकलापमा संलग्न हुँदै पदीय मर्यादा उलंघन गर्दै आएका नेपाली उच्च पदस्थहरुको कालो कर्तुत जनता माझ उदांगो पार्ने हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ।

अमेरिकाको वासिंङ्टन डिसीमा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको छ ।

सम्पादक शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव समेत हुन । नेपालको इतिहासमै पहिलो पटक उच्च पदस्थ भिभिआइपीको घिनौलो कर्तुत सार्वजनिक गर्ने साहसका साथ समाचार ब्रेक गरेका कारण सम्पादक शिवाकोटीलाई ईन्जाले पुरस्कृत गर्ने निर्णय गरेको हो । ईन्जा द्वारा शिवाकोटीलाई प्रदान गरिने पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ ।

सत्ता र शक्तिको धाकमा कुकृत्य गर्दै आएका नेपाली संसदका सभामुख कृष्णबहादुर महराको पोल जनता समक्ष सम्पादक शिवाकोटीले उजागर गरे पछि उनको पद गुम्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)