Logo

अबैध सम्बन्ध राख्ने शाखा अधिकृतलाई प्रहरीमा उजुरी


बेलौरी, असोज २२ – कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडी विरुद्ध परस्त्री संगको अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी परेको छ । केही समय अघि मालपोत कार्यालय बेलौरीमा कार्यरत ऐडी र बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालकी श्रीमती सञ्जु शर्मा ढकाल बिच अबैध सम्बन्ध भएको थाहा पाए पछि दुबैलाई आबश्यक कार्वाहीका लागि प्रहरीको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी तथा महिला सञ्जुका दुई छोरा रहेका छन् । ऐडी मन्त्री बिना मगरका नजिकका रहेको बुझिएको छ । शाखा अधिकृत ऐडिलाई केही साता अघि प्रकृया मिचेरै मन्त्री मगरले उपसचिवको दरबन्दी हुँदाहुँदै बेलौरी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको सट्टामा सरुवा गरेकी थिइन । नगरपालिकामा कार्यरत उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदै अर्को हाकिम ल्याइएको बिवाद बढे पछि ऐडीको बैतडी सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)