Logo

सञ्चारकर्मी महराले अनाथ बालबालिका संग मनाए जन्मदिन


दीपेन्द्र बस्नेत, कञ्चनपुर, असोज २३ – पत्रकार र कम्प्युटर महासंघ सदस्य रहेका दार्चुलाका दिनेश महराले आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाएका छन् ।
दार्चुला मार्मा गाउँपालिका–६सेरीका महराले आफ्नो जन्मदिनको अवसरमा महाकाली अञ्चल अनाथालयका अनाथ बालबालिकालाई फलफुल र दक्षिणा बितरण गरेका हुन । संचारकर्मी, क्यान कम्प्युटर महासंघ सदस्य समेत रहेका सिटी लिकका कम्प्युटर ईन्सिच्युट महेन्द्रनगरका प्रबन्ध निर्देशक महराले २४ औँ जन्मदिवसका अवसरमा भीमदत्त नगरपालिका–४ कञ्चनपुरमा रहेको महाकाली बाल अञ्चल अनाथालयमा बालबालिकालाई फलफुलका साथै दक्षिणा वितरण गरेका हुन् ।

महराले जन्मदिवसका अवसरमा फजुल खर्च गर्र्नुभन्दा अनाथ बालबालिकालाई फलफुल, मिठाई वितरण गर्नुका साथै नगद एक हजार दक्षिणा दिएको बताए । ‘फलफुल र मिठाई वितरण गरे, ‘महराले भने, ‘दशैँ, तिहार भएकाले दक्षिणा पनि दिए ।’ सुप विश्वविद्यालयका विद्यार्थी समेत रहेका महरालाई जन्मदिनको चौतर्फि रुपमा साथीभाईले शुभकामना दिईरहेका छन् । महराका साथीभाई एव आफन्तले समेत उक्त कार्यको प्रसंसा गरेका छन् । महराका मामा पदम विष्टले भान्जाले जन्मदिनको अवसरमा गरेको समाजिक कार्य सराहनिय भएको बताएका छन् । विष्टले सबै युवाहरुले जन्मदिवसका अवसरमा यस्तै दिनदुखीहरुलाई सहयोग गरे समाजका रहेका दिनदुखीहरु सुखी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)