Logo

रूसी राष्ट्रपति पुटिन औपचारिक भ्रमणका लागि साउदी अरबमा


रियाद, २७ असोज  -रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आउनु भएको छ ।उहाँ अहिले साउदी अरबको राजधानी रियादमा रहनु भएको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ ।यो भ्रमणलाई उहाँको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उहाँले मङ्गलवार संयुक्त अरब इमिरेट् (युएई)को पनि भ्रमण गर्नुहुने भएको छ ।

दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा चासोका बारेमा छलफल गर्ने एजेण्डा रहेको अधिकारीहरुले जनाएका छन् ।साउदी अरबमा पुटिनलाई गभर्नर राजकुमार फैसल विन बन्दर विन अब्दुलाजिज अल साउदले स्वागत गर्नुभएको थियो ।रुसका राष्ट्रपति पुटिनको भ्रमणलाई साउदी अरबका विदेशमन्त्री अडेल अल जुविरले “ऐतिहासिक” भ्रमणको संज्ञा दिनुभएको छ ।भ्रमणका क्रममा दुई पक्षीय कुनै सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।(रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)