भरतपुरकी नारायणीले दिइन् स्वास्थ्य केन्द्र निर्माणका लागि १ कठ्ठा १५ धुर जग्गा • Osvevo

भरतपुरकी नारायणीले दिइन् स्वास्थ्य केन्द्र निर्माणका लागि १ कठ्ठा १५ धुर जग्गा

Osnepal August 07, 2021
0

चितवन । भरतपुर १३ की नारायणी दवाडीले भरतपुर महानगरलाई स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा प्रदान गरेकी छिन् । नारायणीले आफ्नै गाँउका स्थानियहरुलाई सहज स्वास्थय उपचारका लागि भन्दै १ कठ्ठा १५ धुर जग्गा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेकी हुन् । नारायणी वडाध्यक्ष प्रकाश दवाडीकी आमा हुन् ।

नारायणीले श्रीमान स्व।खडानन्द दवाडीको स्मृतिमा खडानन्द दवाडी आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि प्रदान गरेकी हुन् । आमाले जग्गा दाना गर्नुभएकोमा खुसी व्यक्त गरे वडा अध्यक्ष प्रकाश दुवाडीले सार्वजनिक जग्गा नहुदाँ समस्या भएको समयमा आमाको यो कदमको प्रशंसा गरेका छन् ।

आधारभुत स्वास्थ्य केन्द्र पनि हाल भाडामा लिएर संचालनमा भइरहेको अवस्थामा नारायणीको कदमले स्थानीयवासीका लागि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गरिने महानगर प्रमुख रेनु दाहालले बताइन् । उनले भनिन् वडा अध्यक्षज्यूकै आमाले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने उद्देश्यका साथ महानगरलाई निःशुल्क जग्गा उपलब्ध गराएकोमा आभार व्यक्त गर्दछु ।

वडा कार्यालयको भवन थिएन, साढे २ बर्षसम्म वडा कार्यालय भाडामा संचालन हुँदै आएको थियो तर महानगरले जनप्रतिनिधि प्राप्त गरिसकेपछि जनप्रतिनिधि कै अग्रसरतामा पदमावती कोईरालाद्वारा वडा कार्यालयका लागि २ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो । हाल कार्यालयको पहिलो तल्ला निर्माण सम्पन्न भई सेवा प्रारम्भ भईसकेको छ भने माथिल्लो तल्ला निर्माणाधीन अवस्थामा छ । आधारभुत स्वास्थ्य केन्द्र पनि हाल भाडामा लिएर संचालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर