पति राज कुन्द्रा हिरासतमा रहेका बेला शिल्पा र उनकी आमा माथि लाग्यो करोडौं ठगीको आरोप, प्रहरी घरमै पुगेको तस्विर सामाजिक संजालमा भाइरल • Osvevo

पति राज कुन्द्रा हिरासतमा रहेका बेला शिल्पा र उनकी आमा माथि लाग्यो करोडौं ठगीको आरोप, प्रहरी घरमै पुगेको तस्विर सामाजिक संजालमा भाइरल

Osnepal Admin (KTM) August 12, 2021
0

काठमाडौं-बलिउड अभिनेत्री शिल्पा शेट्टी सहित उनकी आमा माथि करोडौं ठगी गरेको आरोप लागेको छ । भारतिय मिडियाका अनुसार लखनउकी एक महिलाले शिल्पा शेट्टी सहित उनकी आमा माथि करोडौ ठगी गरेको आरोप लगाएकी हुन् ।

शिल्पा शेट्टीका पति राज कुन्द्रा यतिबेला पोनोग्राफी प्रकरण प्रहरीको हिरासतमा रहे तनबमा परेका बेला फेरी उनी माथि ठगीको आरोप लागेको हो ।ति महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन सुरु गरेको छ ।

बुधबार दिउँसो अभिनेत्री शेट्टीको जुहुस्थित घरमा मुम्बई र युपी प्रहरी पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । लखनउका विभूतिखण्ड प्रहरी स्टेशनमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहानले र हजरतगंज थानामा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको विरुद्ध ठगी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन् ।

‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरुसँग करोडौँ ठगी गरेको आरोप लागेको हो । पैसा लिएर अभिनेत्री र उनकी आमाले आफ्नो कसम पूरा नगरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर