Logo

जीवनका ४२ वर्ष वर्गीय आन्दोलनमा होमिएका योद्धा प्रेमसिंहले कम्युनिस्ट राजनीतिबाट लिए सन्यास


दीपेन्द्र बस्नेत कञ्चनपुर , माघ २७ कञ्चनपुरको बेल्डाँडी गाउँ पालिकामा स्थायी बसोबास गर्दै आफ्नो जीवनका ४२ वर्ष वर्गीय मुक्तिका लागि लडेका बामपंथी नेता प्रेमसिंह साउँदले आफुले कम्युनिस्ट राजनीति त्यागेको सोमबार एक कार्यक्रमका बिच घोषणा गरेका छन् । ६१ वर्षिय बामपंथी नेता साउँदको दार्चुला को रिठा चौपाटा मा जन्म भएको थियो । युवा अबस्था देखिनै बामपंथी राजनीतिमा साउँद होमिएका हुन । उनले ०३४ सालमा १९ वर्षको उमेरमा भारतको कलकत्तामा प्रवासमा रहेका बेला नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएको हुन । सोमबार बेल्डाँडीमा रामलिला समितिको आयब्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा आफुले बामपंथी राजनीति त्यागेर धार्मिक र सामाजिक कार्यमा बाँकि जीवन लगाउने घोषणा गरेका हुन । बेलडाँडी रामलिला समितिका उप संयोजक समेत रहेका साउँद ०५३ देखि ०६३ सम्म तत्कालिन नेकपा एमालेको बेल्डाँडी सचीव , ०६३ देखि ०६८ सम्म क्षेत्रीय उपाध्यक्ष , ०६८ देखि ०७३ सम्म क्षेत्रीय अध्यक्ष रहेर कम्युनिस्ट आन्दोलनमा आफुलाई समाहित गरेका थिए । कम्युनिष्टले वर्गीय कुरा गरेर धोका दिने मात्र काम गरेको आफुले ४२ बर्षिय राजनिति जीवनमा सोझो र इमान्दार भएका कारण कम्युनिष्टहरुले धोकै धोका दिएको दुखेसो सार्वजनिक गरे ।

सोमवार एक कार्यक्रमका विच साउदले अव कम्युनिष्टमा नरहेर नितान्त समाजसेवामा लाग्ने बताएका छन् । पाटीमा भएको बेला पनि सामाजिक सेवामा बढी रुची राख्ने साउदले राजनिति फोहर खेल भएको बताउदै राजनितिनै नगर्ने बताएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै साउदले आफु निरन्तर समाज सेवामा लाग्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)