Logo

स्वर्ण पदक विजेता धामीलाई दार्चुलामा सम्मान


 

प्रकाश चन्द्र भट्ट
दार्चुला, फागुन २९
नेपाललाई स्वर्ण दिलाउने कुस्ती खेलाडी संगिता धामीलाई दार्चुलामा बिहिवार सम्मान गरिएको छ ।
१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा कुस्ती खेलाडी संगिता धामीले नेपाललाई स्वर्ण दिलाएकी थिइन । दार्चुलाको शैल्यशिखर नगरपालिकाले कुस्ती खेलाडी संगितालाई सम्मान गरेको छ ।
५५ केजी समुहको कुस्ती प्रतिस्पर्धामा भाग लिइ स्वर्ण पदक जित्ने संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले विहीबार गोकुलेश्वरमा एक कार्यक्रमको आयोजना गरि नगद रु १ लाख ५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो ।
पुर्खौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका भएकी संगितालाई नगरपालिकाले नगद रु १ लाख ५ हजार तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको नगर प्रमुख अमर सिंह धामीले बताए । नगरकार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार संगितालाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए ।

१३ औं दक्षिण एशियाली खेलकुदमा कुस्ती खेलको ५५ केजी समुहको स्पर्धामा भाग लिई स्वर्ण पदक जित्न सफल संगिताको उज्वल भविष्यको कामना गर्दै सम्मान तथा नगद प्रदान गरिएको उनले बताए । पदक बिजेता संगितालाई समग्र शैल्यशिखरबासी आम नागरिक एवं दार्चुलाबासीको तर्फबाट चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डालाई खेलका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा फहराउन निर्वाह गर्नु भएको भुमिकाको कदर गर्दै सम्मान तथा नगद प्रदान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)