कांग्रेसको पौडेल पक्षको बैठक जारी • Osvevo

कांग्रेसको पौडेल पक्षको बैठक जारी

Kabita Ghimire (KTM) August 23, 2021
0

काठमाडौँ ७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ ।

पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिको उम्मेदवार चयनको विषयमा पोडेल पक्षको बैठक बसिरहेको हो । बैठक एक होटलमा बसिरहेको छ ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायतका नेता उपस्थित भएका छन् । पार्टीको क्रियाशील सदस्यताको विवाद समाधान नभएपछि महाधिवेशनका कार्यतालिका पनि सरेको छ ।

कांग्रेसले अब महाधिवेशन मंसिर ९ देखि १३ गते सम्म काठमाडौंमा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर