Logo

कांग्रेस बैठकको उपलब्धी शुन्य, लगाम नेकपा समर्थित कार्यकर्तामा ! सभापति समेत गुमराहमा


भोला लामिछाने, नेपाली कांग्रेस विदेशमा जन सम्पर्क इकाई साथै एन आर एन अभियन्ता बीच साइबर बैठकको उपलब्धी शुन्य भएको छ । 2005 मा हामीले यूरोप मा सस्था खोल्दा एस्तो होला भन्नि सोचेका समेत थिएनौ ! एक बर्ष खेती लगायौ हावा हुरी आयो फेरी अर्को वर्ष खेती गर्यौ असिना पानी आयो फेरी खेती गर्यौ किरा मुसा ले खायो भने पछि किन खेती गर्ने कांगेस नेता दिलु गुरुङ्ग नैरास्य हुदै भने, “हरेक पटक एस्तो हो भने बैठक राखेर हिरो हुन लाई हो भने फिल्म खेल्न ठाउँ छ त्यतै जानुस राजनीति गर्ने भए आफ्नै जिल्ला मा जानुस अति आक्रोश पोख्दै गुरुङ्ग ले आजको बैठक ले पिडित मा पारेकाहरु को निम्ति केहि राहत उठाउला भन्ने सोचेको थिए तर कसैको पनि यसमा ध्यान पुगेन कसैले यो बिषयमा बोल्नु नै भएन । बैठकमा यो देश मा यस्तो छ यति पिडित यति संकर्मित भन्ने मात्र आयो यो त गुगल र यू टुब मा मिनेट मिनेट मा जानकारी पाईन्छ । साथीहरु ले हरेक बैठकमा भनी रहनु भएको पनि छ ! तर आज जसरि सहयोगी रुपमा एक जनाले 50 नै उठाएको भए पनि हजारौ रकम उठ्थ्यो त्यो हुन सकेन” म निकै दुखि छु गुरुङ्गले थपे ।

साथै काग्रेस बैठक नेकपालाई समर्थन गर्न पुगेका नेकपा समर्थित भएका ब्यक्तीहरु द्वारा नियोजित तरिकाले संचालित गरे पछि वास्तविक कांग्रेसीहरु निकै रुस्ट बनेका छन् !नेपाली कांग्रेस पार्टीको बैठक भनेर कांग्रेस सभापतिलाई नै भ्रम मा पारेर आफ्नो स्वार्थ मात्र लिन पल्केका हरुसग वास्तविक कांग्रेसीहरु रुस्ट बनेका हुन ! अस्ति मात्र कांग्रेस बाट पदको लोभ मा हामीलाई छाडेर अरू पार्टीमा पोइला जानु भो यिनीहरु सग हामीले के आश गर्ने झन वास्तविक कांग्रेसीहरु बिचमै वैमनस्यता उत्पन्न गराएको छ यो निकै खेद जनक छ एक कांग्रेसी अभियन्ता ले खुलेर बताए !

नेपाली कांग्रेस पार्टीलाई आफ्नो स्वार्थ पर्दा प्रयोग गर्ने र पदको लोभ मा परेर नेकपा पार्टी मा समेत खुलेर लागेका या भनौ कांग्रेस बाट पोइला गएका केही कुटिल पात्रहरुका कारण आजको बैठक पूरै विवाद मा तानिए पछी वास्तविक काग्रेसी हरु रुस्ट बनेका हुन !

नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय बिभागका संयोजक गोबिन्द भट्टराई को सयोजकमा पुर्व प्रधानमन्त्री एवं नेपाली कॉंग्रेसका सभापति, उप सभापती , सहमहामन्त्रि महिला नेतृ लगाएत बिस्वमा रहेका नेपाली जन सम्पर्क समिति मा आस्थावान व्यक्ति हरु सम्मिलित बैठकमा धेरै जसो वास्तविक कांग्रसी प्रतिनिधि हरु लाई बैठक मा जोड्ने त कुरै छोडौ सम्पर्क गर्दा समेत छ घण्टा सम्म चलेको उक्त बैठकमा सम्मिलित नगरेको समेत देखिए को थियो !कति देश का जन सम्पर्क समिति कै सभापति हरु लाई बैठक को जानकारी समेत गरिएको थिएन ! को को भाग लिने को नलिने भन्ने समेत नेकपा समर्थित आयोजकमा लगाम रहेको थियो ! कतिपय प्रवासका नेकपाका कार्यकर्ता समेत बैठकमा भाग लिएका तस्बिर सार्बजनिक भएका थिए !

विभिन्न खेमा गुट उपगुट मा रुमल्लिएको कांग्रेस आजको कांग्रेसको सभापति सहित को बैठकमा प्रत्येक कार्यकर्ताहरुले पक्कै पनि एकरुपता र एकजुट ता लिएर संसारका कुनामा रहेका कोरोनाले बिचल्ली मा परेका प्रत्येक नेपाली नागरिकहरुलाई कांग्रेसीहरुले सहायोगको ठोस निचोड लिएको हेर्न चाहेका थिए । धेरैको मनमा त्यो थियो, तर त्यसो भएन उही नेपाल सरकार को खाता मा राहत सहयोग गरेको प्रधानमन्त्रि लाई सहायोग का लागी कुरा राखेको बाहेक अरू केहि सुनिएन । भने अर्को तिर बाहिर खुलेर नभने पनि कार्यकर्ताहरु मै ठूलो भन्ने होडबाजी नै चलेको थियो । उनीहरु आपसी बादबिबाद गर्दैमा ठिक्क थिए भने कहाँ बाट आउनु थप योजना र कार्यक्रमहरु । त्यसै कारणले प्रतिपक्ष कमजोर भएको हो । आपसी विवाद र विग्रह कै कारण नेपाली कांग्रेस सकिने भन्ने नेपाली कांग्रेस कै बफादार तथा निःस्वार्थ कार्यकर्ताको यही ठूलो चिन्ताको विषय वनेको हो ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)