Logo

१२ वर्षीय सुरज इँटाभट्टाको खाल्डोमा मृत फेला


सर्लाही, २४ वैशाख:सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन् ।स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन् । सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)