Logo

ब्राजिलमा कोरोना भाइरसको प्रभावबाट ९० हजार बढीको मृत्यु


रियो डि जानेरो,१५ साउन – विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १ हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार १३४ पुगेको बिहीबार प्राप्त भएको समाचारमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सङ्क्रमितको संख्या यहाँ कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
ब्राजिलमा अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको सङ्क्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएकमा छन् ।

यहाँ शुरु शुरुमा लकडाउन गरिएको थिएन । ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरुलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो ।यसै कारणले पनि यहाँ ठूलो संख्यामा सङ्क्रमण फैलिएको बताउने गरिएको छ । हाल ब्राजिलमा दैनिक ५० हजार भन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । (रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)