Logo

प्रहरीद्वारा सिमा क्षेत्रबाट कपडा बरामद


पुनर्वास , साउन १५
कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा भारतबाट अबैधरुपमा ल्याइदै गरेको कपडा प्रहरीले बिहिबार बरामद गरेको छ ।
नेपाली बजारमा भारतको सुमेरनगरबाट अबैध रुपमा ल्याइएको  १८ थान सुटको बन्डल  कपडा र सुट ५६ थान  पुनर्वास ९ धनसिंगा बाट प्रहरीले  बरामद गरेको हो ।
भारतको सुमेरनगरबाट जंगलको बाटो हुँदै चोरीपैठारी गरि सामान ल्याइदै गरेको सुचना पाएको आधारमा खटिएको प्रहरीले उक्त कपडा बरामद गरेको प्रहरी चौकी खड्डा कंकरका प्रसनि तेज सिंह भाटले बताए ।
बिहिवार बरामद गरिएको कपडा अबेर भएकोले शुक्रबार कार्यालय समयमा भन्सार बुझाइने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)