Logo

सेतो कात्रो


सेतो कात्रोमा गोजी हुँदैन !
श्मशानघाटमा रोजी हुँदैन !
किन तँछाड मछाड गर्दछौ ?
मृत्युपश्चात खोजी हुँदैन !

जीवन अजम्बरी हुँदैन !
एकनास सधैँभरी हुँदैन !
के को घमण्ड गर्दछौ ?
झुटो संसार जुनीभरी हुँदैन !

त्यो मुर्दामा माया हुँदैन !
अन्तेष्टि पश्चात छाया हुँदैन !
दुनियाँमा स्वार्थ मात्र किन ?
जाने दिन दैव पनि दायाँ हुँदैन !

आउने कालको रुप हुँदैन
नलगेसम्म ऊ चुप हुदैन
किन तेरो मेरो अहंकार ?
जाने दिन कसैको रुक हुँदैन

-कल्पना खरेल

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)