Logo

प्रदेश सभा सदस्य अम्बिका थापा दुर्घटनामा घाइते , काठमाडौ लगिदै


कञ्चनपुर , साउन १७
मोटरसाईकल दुर्घटनामा घाईते भएकी सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।

 अहिले माया मेट्रो अस्पतालमा उपचाररत प्रदेश सभा सदस्य थापालाई थप उपचारका लागि काठमाडौं लग्ने तयारी गरिएको हो । धनगढी उप–महानगरपालिका वडा नम्वर ८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाईते भएकी थिइन् ।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेकाले यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लग्ने तयारी गरिएको हो । काठमाडौं लग्नका लागि नाईटभिजन हेलिकोप्टर मगाईएको माया मेट्रो अस्पतालमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

 प्रदेश सभा सदस्य थापाको अबस्थाबारे बुझ्न धनगढी स्थित माया मेट्रो  अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी,  लगायत अन्य प्रदेश सभा सदस्य पनि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)