पानीपुरीमा पिसाब मिसाएर बेच्ने व्यक्ति समातिए • Osvevo

पानीपुरीमा पिसाब मिसाएर बेच्ने व्यक्ति समातिए

Osnepal September 13, 2021
0

काठमाडौँ । पानीपुरी चटपट बाहिरि बजारमा, ठेलामा खाने गर्नु भएको छ ? यदी त्यस्तो बानी छ भने तपाईलाई कडा झड्का लाग्न सक्छ ।

पानी पुरीवालाले पानीपुरीमा हालेर खाने अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएको भिडियो भाइरल बनेसँगै यो खबरले धेरैलाई झड्का लागेको थियो ।

भारतको गुवाहाटीस्थित अठगाउँका एक युवकले पिसाब गरेर पानीपुरीको पानीमा मिसाएको भिडियो भाइरल बनेसँगै अहिले उनी पक्राउ परेका छन् ।

गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बने लगत्तै भारतीय प्रहरीले उनको खोजीकार्य सुरु गरेको थियो । उनले आफ्नो गल्ती स्विकारी सकेको बताइएको छ । प्रहरीले ति ब्यक्ति विरुद्ध कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर