एमालेले सर्वोच्चमा दर्ता गराएको रिटमा आज सुनुवाई हुँदै • Osvevo

एमालेले सर्वोच्चमा दर्ता गराएको रिटमा आज सुनुवाई हुँदै

Kabita Ghimire (KTM) September 13, 2021
0

काठमाडौँ २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा वारेसनामामार्फत् दायर गरेका रिटको सुनुवाई आज हुने भएको छ । अध्यक्ष ओलीले गत भदौ १७ गते तीन रिट दर्ता गराएका थिए ।

आज सोमबार न्यायाधीस दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा एमालेले दायर गरेको रिटमा सुनुवाई गर्ने भएको छ । पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको पत्र संसद सचिवालय पठाएको भएपनि संसद सचिवालयले कारबाहीको सूचना नटाँसेको भन्दै एमालले अदालतमा रिट दायर गरेको थियो ।

त्यस्तै, कारवाहीमा परेको १४ सांसदको गरेको सनाखतलाई निवार्चन आयोगले मान्यता दिएको भन्दै निवार्चन आयोग विरुद्ध समेत एमालेले रिट दर्ता गरेको हो ।
दर्ता गरिएको रिटमा १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर