मलाई सिध्याउन लागि परेकाले पोखरेलविरुद्ध मुद्धा दर्ता गरे : विमला वली • Osvevo

मलाई सिध्याउन लागि परेकाले पोखरेलविरुद्ध मुद्धा दर्ता गरे : विमला वली

Kabita Ghimire (KTM) September 15, 2021
0

बुटवल ३० भदौ । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

हिजो मंगलबार जिल्ला प्रहरी कार्यालय बुटवलमा बुटवल पुगेकी वलीले पोखरेल सहित चना विरुद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी हुन् ।

आफ्नो सरकार अल्पमतमा परेपछि आफुलाई पाँच दिन सम्म दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको वलीले दावी गरेकी छन् ।

पोखरेलसहित लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध मुद्धा दर्ता गराएकी छिन् ।

आफु मुद्धा मामिला गर्ने पक्षमा नभएकाले त्यसबेला यस विषयमा नसोचेको बताएकी उनले आफु आफ्नो राजनीतिलाई नै सिध्याउन लागि परेपछि बाध्य भएर मुद्धा दर्ता गर्ने निणर्यमा पुगेको बताएकी छन् ।

मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’ उनले भनिन् ।

उक्त मुद्धा दाङबाटै सुरु भएकाले बुटवलमा दर्ता भएको यो मुद्धा दाङ प्रहरीलाई रिफर गरिने पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर