कोरोना कहर, अधुरै रह्यो गॅाऊ फर्कने रहर !
झमक्क सॅाझ पर्न लागेको थियो,मनमा बेचैन भयो । मुड रिफ्रेस गर्न फेसबुक अन गरें । फेसबुकको न्युज फिड्मा ट्च गरें । कोरोनाबाट यहॅा यति संक्रमित,अनि त्यहाँ यतिको मृत्यु यस्तै यस्तै न्युजहरुले भरिएका रहेछन् । झन दिक्क लाग्यो । खालि यस्तै त्रास फैलाउने न्युजहरु देखेर तुरुन्तै अफ गरें । अनि युट्युब तिर औलाहरु नचाएं । जताततै दसैं तिहार अनि प्रदेशिलाई समेटिएको लोकभाकाहरु छाएका थिए । कस्तो मनै छुने गीतहरु थिए । आफ्नै कथा अनि व्यथालाई कोरेर बनाइएका गितहरु जस्ता हरेक परदेसिको पिडा पोखिएका गीतहरु सुन्दासुन्दै कतिखेर भावुक भएछु पत्तै भएन । ति गितहरुले मलाइ मेरो देश गॅाउघर अनि परिवार सम्झाएछ पत्तै भएन । म त सम्झेर टोलाउन लागेछु । नटोलाउ पनि किन बर्षौ भएछ स्वदेश नगएको पनि ! सङ्गै बसि चाडबाड नमनाएको पनि अझ परिवारसङ्गै दसै नमनाएको त सात बर्ष नाघिसकेछ । यहि इमो अनि म्यासेन्जरको भिडियो कलको सहायताले घर परिवारको तिर्सना ,याद मेटेको र माया साटेको पनि धेरै भैसकेछ । कति बसन्तको पालुवाहरु फेरिसके होलान् ओहो …त्येहि कारणले पोहोर सालको दसैमा आर्को साल दसैमा त पक्कै आउछु तॅपाईहरुको हात्को टिका जमरा अनि आशिर्वाद थापि तपाइको काखमा रम्न भनि बाचा गरेको थिए । ति ८० कटेका बा अनि ७० कटेकि आमा सङ्ग । हो मेरो त्यहि बाचाले गर्दा बा आमाले दसैमा कान्छो आउछ अनि काटनुपर्छ भन्दै सेते खसि पालेका थिए ! तर के गरुॅ मेरो आफ्नो रहरले मात्र कहॅा हुने रहेछ र ? रहरमाथि दैवको कुदृष्टि परेपछि ।
अहिले विस्वभरि Covid 19 अर्थात कोरोना भाइरसको कहर छ । चिनको वुहानबाट सुरु भएको यो भाइरस चिनमा नियन्त्रणमा आएपनि विश्व यसको प्रभावले नराम्ररि फसेको छ्। विश्वकै आर्थिक सामाजिक सास्कृतिक पर्यटकिय क्षेत्रमा यसको असर अन्यतै नकारात्मक छ । न त कुनै औषधि नै बनेको छ यसको अहिलेसम्म । घरभन्दा सात समुन्द्र पारि यो पराइको मुलुकमा कोरोना कहरको सुरुसुरुमा दुइ तिन महिनासम्म त जेनतेन पेट पालिएको थियो । प्राण धानिएकै थियो । त्यसपछि काममा नगए र के गर्नु ? न त बाबाको घरको भकारीको धान न छ,न त बारिको साग नै छ । खुकुरिको धारमा ज्यानको बाजि लागाएर प्राण बचाउन काममा नगै सुखै छैन । जानैपर्ने बाध्यता छ । आज स्वास्थ्य अवस्था ठिक छैन भनेर सुख नपाइने ठाउ जे सुकै भए पनि मरिमेट्नु पर्ने जोतिइनै रहनुपर्ने ठाउँ हो यो। त्यसैले कोरोना न सोरोना भाग्यको भरोसा भन्दै काममा दौडिनुको बिकल्प छैन । कोरोनाले काम छोडेका कति अहिले आफ्नो रोजिरोटि गुमाएर अलपत्र भएका छ्न, कति घर परिवारको साथमा नभएर डिप्रेसनको शिकार बन्दै छ्न त कोहि परिवार कसरि पाल्ने अनि आफू कसरि पालिने सोच्दै आत्मदाह गर्दै छन । कतिको सपना चकनाचूर भएका छ्न त कतिको विपना असफल भएका छ्न। के गर्नु जे भए पनि जस्तो स्थिति आएपनि आफुले आफुलाइ सम्हाल्दै होसियार बनि साबधानि अपनाउनुको विकल्प पनि छैन । कति दाजुभाइ तथा दिदिबहिनि त यहि कोरोना कहरले हतारहतार दोब्बर तेब्बर प्लेन भाडा खर्चिएर, साहुको ऋण थाप्लामै भिरेर रित्तो खल्ति बोकेर नै भए पनि स्वदेस फिर्ता भैसके कोहि फिर्ता हुने तरखर गर्दै छ्न । गाउॅको रामे स्यामे घर फर्केर जाॅदा मेरो बा आमा पनि आशिनुभएको होला। नआशिउन पनि किन पोहोर साल मैले नै आगुम साल त जसरि नि आउछु भनि आस देखाएको थिए ।पोहोर छोराले आर्को साल दसैमा आउछु भनेको थियो आउछ कि भनि पिडिको डिल कुरेर बाटो हेर्दै नबस्नुहोला ! आफ्नो ख्याल गर्नुहोला । फेरि ऋण बोकेर गॅाऊ गएकाहरु रोग बोकेर फर्केछ्न भनेर गाउमा हेर्ने दृस्टिकोण नै फरक छ रे अहिलेको अवस्थामा त्येसैले यसपालि कोरोनाको कहरले गाउॅ फर्केने रहर अधुरै रह्यो । कोरोनाको कहर सकिनेबित्तिकै आउनेछु पुरा गर्न तपाइहरुको रहर है त !
(लेखक: अमेरिकाको क्यालिफोनियावासि एक सक्रिय युवा हुन)