Logo

धनगढीको सुपथ मुल्य पसलमा उपभोक्ताको बढ्दो आकर्षण


वीरबहादुर सिहँ ,कञ्चनपुर ।  धनगढीको सुपथ मुल्य पसलमा उपभोक्ताको बढ्दो आकर्षण देखिएको छ ।  दशैतिहार  र छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याईएको सुपथ मुल्य पसलमा दिन प्रतिदिन सेवाग्राहीको चाप बढ्न थालेको साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीले जनाएको छ ।

असोज १५ गतेदेखि सुचारु गरिएको सुपथ मुल्य पसलमा असोज २४ गते शनिबार सम्म २५ सय भन्दा बढी नागरिकले सेवा लिइका छन भने करिब ९ लाख मल्य बराबरको कोरोबार भएको साल्ट टे«डिङ्गले जनाएको छ । बाहिरको पसल भन्दा सुपथ मुल्य पसलमा सामानहरु किन्दा केहि सस्तो दरले पाईने गरे पछि सुपथ मुल्यमा सेवाग्राहीको चाप बढेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का किसन सिं बिष्टले बजारको भन्दा केहि सहुलियत मुल्यमा  सामानहरु मिल्ने भएपछि आफुले दशैको लागी चाहिने सामाग्री सुपथ मुल्य पसलबाट लिएको बताए । चाड पर्वमा मात्रै नभएर सुपथ मुल्य पसल बाह्रै महिना सञ्चालन भए उपभोक्ताहरुलाई सजिलो हुने उनको भनाई छ । अहिले सुपथ मुल्य पसलबाट दैनिक ३ देखि ४ सय जनाले सेवा लिईरहेका छन ।

यता साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबन्धक केशब प्रसाद पाण्डेयले भने सुपत मुल्य पसलबाट शनिबार सम्म करिब ९ लाख मल्य बराबरको कारोबार भएको र २५ सय भन्दा बढी नागरिकले सेवा बताए । सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो ७० र आयो नुन प्रतिकिलो १८ रुपैंयाका दरले बिक्रि वितरण भईरहेको छ ।

बाहिरका पसलहरु दर भन्दा चिनीमा रु. १० र नुनमा रु. दुई छुट गरिएको पाण्डेयको भनाई छ । साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले सुदूरपश्चिमको अत्तरिया र धनगढीमा सुपथ मुल्य पसल गरेको छ । प्रदेशका अन्य ठाउँमा जनशक्ति अभाव र अनलाईन बिलिङ्गको समस्या हुदाँ पसल सञ्चालन गर्न नसकिएको जनाएको छ  ।

सो पसलबाट चिनी, चामल, चिउरा, सेनिटाईजर र सावुन लगायतका सामानहरु सस्तोमा बिक्रि वितरण भईरहेका छन । सुपथ मुल्य पसल  आगामी मंसिर ६ गते सम्म रहने भने  त्यसपछि उपभोक्ताको मागलाई मध्येनजर गदैं बिक्रि कक्षबाट नागरिकलाई सेवा दिईने समेत साल्ट टे«डिङ्ग कर्पोरेशन धनगढीले जनाएको छ ।

चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आईएको छ। विगतमा कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो। 

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)