उत्तर कोरियाले घातक आणविक भट्टी विस्तार गरेको प्रमाण भेटिएपछि • Osvevo

उत्तर कोरियाले घातक आणविक भट्टी विस्तार गरेको प्रमाण भेटिएपछि

Osnepal September 19, 2021
0

एजेन्सी – उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक बिस्फोटक सामाग्री उत्पादनलाई तीब्रता दिएको विज्ञहरुले बताएका छन् ।

उत्तरले गत साता एउटा शक्तिशाली मिसाईल परीक्षण गरेको थियो । ६ महिनामा पहिलो पटक गरेको सो परीक्षणपछि कोरियाली प्रायद्वीपमा तनाब छ । ‘आणविक भट्टीको बिस्तारले योङवायोन क्षेत्रमा उत्तर कोरियाले युरेनियम प्रयोग हुने घातक हतियार विस्तार गरेको देखिन्छ,’ क्यालिफोर्नियाको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका जेफ्री लिविस भन्छन् ।

म्यासर कम्पनीले उपलब्ध गराएको स्याटलाईट तस्विरअनुसार योङवायोनमा जोडिएको एउटा क्षेत्रमा युरेनियमयुक्त भट्टी निर्माण भइरहेको छ ।

१ सेप्टेम्बरमा लिइएको सो तस्विरमा उत्तर कोरियाले रूख फाँडेर भट्टी निर्माण गर्न मैदान तयार गरेको देखाएको थियो । तस्बिरमा एक्जाभेटरका तस्विरसमेत प्रष्ट देखिएको थियो ।

त्यस्तै, १४ सेप्टेम्बरमा लिइएको दोस्रो तस्विरमा सो क्षेत्र वरपर एउटा अग्लो पर्खाल ठडाइएको देखिन्छ । भट्टी निर्माण गर्न थालिएको नयाँ क्षेत्र एक हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर