Logo

पिरतीमा कुनै हिसाब हुन्न


कविता

नवराज न्यौपाने ‘मौन’

हजारौं आशा र रहर बोकेर
सत्कर्मको पाठ घोकेर
जब बतासिएको मनलाई
कर्तव्यको न्यानो हातले छामेर हेर्छु
सपनाको रङ्गिन संसारमा घुमेर
स्नेहले तिम्रा हातहरु चुमेर
जब यौवनलाई विश्वासले घेर्छु
तब निष्कपट तिम्रा आँखाहरुमा
पिरतीको नीलो समुद्र देख्छु
हृदयको विशालता सम्झेर
मायाको मधुर गीत लेख्छु
मुटुमा संसार अट्छ
विश्वाशले प्रेम बढ्छ
कुनै शर्त नराखी
कुनै स्वार्थ नडाकी
म तिमीलाई प्रेम गर्छु
किनकि
मायामा कुनै हिसाब हुन्न
पिरतीमा मुद्दा र निसाफ हुन्न
आस्था कहिल्यै नहारेर र
विश्वास कहिल्यै नभुलेर
जब अघि अघि बढिन्छ
त्यहाँ कुनै बाधा रहन्न
यो जिन्दगी आधा रहन्न

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)