२५ बर्ष को उमेरमै सदाका लागि अस्ताइन ईश्वरी • Osvevo

२५ बर्ष को उमेरमै सदाका लागि अस्ताइन ईश्वरी

Osnepal September 22, 2021
0

एक अभिनेत्रीको निधन संगै मराठी फिल्म उद्योगलाई क्षती पुगेको छ । मराठी नायिका ईश्वरी देशपाण्डेको कार दुर्घटनामा निधन भए संगै फिल्म उद्योगमा शोक छाएको छ । अभिनेत्री संगै उनको साथीको पनि निधन भएको छ । मृत्यु हुने उनको साथी शुभम डेगे रहेका छन् ।

उनीहरुको कार गहिरो पानीमा डुबेको थियो । अभिनेत्री सहित उनको साथीको शव उत्तरी गोवाको अरपोरा इलाकामा रहेको गहिरो पानीमा डुबेको कारभित्र बाट प्रहरीले निकालेको थियो । उनीहरु चढेको कार तीब्र गतिमा भएका कारण अनियन्त्रित हुन गई पानीमा खसेको प्रहरीको अनुमान रहेको छ ।

कारमा सेन्ट्रल लक लगाइएका कारण दुबै जना कारबाट बाहिर निस्कन पाएका थिएनन् । उनीहरु कार दुर्घटनामा परेको थाहा पाउने बित्तिकै बेलुका करिब ७ बजे उद्धारकार्य सुरु गरिएको थियो । रातभरी उद्धार कार्य जारी राखिए पनि आज बिहान मात्रै उनीहरुको शव निकाल्न प्रहरी सफल भएको थियो । इश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर