महानायकको बिबाद झिक्ने नायक शिव श्रेष्ठ र भुवन केसीलाई नायिका बर्षा शिवाकोटीले फेसबुक बाटै दिईन् यस्तो झापड • Osvevo

महानायकको बिबाद झिक्ने नायक शिव श्रेष्ठ र भुवन केसीलाई नायिका बर्षा शिवाकोटीले फेसबुक बाटै दिईन् यस्तो झापड

Loknath Rijal (Jhapa) September 22, 2021
0

केही दिन देखी नेपालका बरिष्ठ नायकहरुको महानायक र महानायिकाको पगरी एक अर्कालाई दिने कार्यले सामाजिक सञ्जाल एकदमै तातिएको छ । एक कार्यक्रममा नायक भुवन केसीले महानायिकाको उपाधी गौरी मल्ललाई दिन भ्याए । साथै उनले नेपालका एकदमै दिग्गज नायक शिब श्रेष्ठलाई महानायकको उपाधी दिए ।

पछि फेरी शिब श्रेष्ठले हौसिएर भुवन केसी लाई महानायक बनाउनु पर्ने बताए । चलचित्र क्षेत्र ठप्प जस्तै भएको बेला भुवन केसीले चलचित्र करोडपति ल्याएर चलचित्र क्षेत्र अगाडी बढाएको समेत भन्न भ्याए नायक श्रेष्ठले । त्यतिमात्र हैन अब फिल्म क्षेत्रका लागि अनमोल केसी जस्तो छोरालाई अगाडी ल्याएर चलचित्र क्षेत्रलाई ठुलै उचाईमा पु¥याएको समेत भन्न भ्याए ।

यसरी एकले अर्कालाई उचाल्ने क्रममा आफ्नो उचाई खस्किएको यी दुबै नायकहरुलाई पत्तै भएन । उनीहरुको यो भनाई संगै एकपटक फेरी सामाजिक सञ्जाल र अनलाईनहरुमा माहोल तातिएको छ । उनीहरुको यस्तो कुरा बाहिर आए संगै नायिका बर्षा शिवाकोटीले कोरोनाको महामारीको बेला चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने बारे सोच्ने बेलामा बरिष्ठ कलाकारको दर्जा पाईसकेका अग्रज ब्यक्तित्वहरुको आ आफ्नै चाहना छताछुल्ल भएको राम्रो नभएको प्रतिक्रिया दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुका स्टाटस लेख्दै भनेकि छिन्– मेरो विचारमा सुरुवातमा चलचित्र क्षेत्र सहज हुनुपर्छ, जसरी पुराना दिनहरुमा हरेक साता नयाँ चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने वातावरण थियो, ति दिनहरु फर्किएर आउन भनेर कामना गर्नुपर्दछ । हाम्रो काम दर्शकले मुल्याकंन गर्ने वातावरण बन्नु चाहि सुहाउँदिलो कुरा हो ।

कोहि कसैले स्वमुल्याकंन गर्ने होइन् । हामी सबै चलचित्रकर्मीले त्यहि मान्यतामा आफ्नो काम नियमित गर्नुपर्छ । यस कुरामा अग्रजहरुले विशेश ध्यान दिएर त्यसअनुरुपको वातावरण बनाउन सहयोग गरेको हेर्ने चाहना हो । तर पछिल्ला दिनमा सम्माननिय अग्रजहरुको चाहना अर्कै देखियो ।

कलाकार त्यसमाथी वरिष्ठ कलाकारको दर्जा पाइसक्नुभएका आदरणिय अग्रज व्यक्तित्वहरुको आ–आफ्नै चाहना यसरी छताछुल्ल भएको हेर्ने मन पटक्कै होइन् । अन्तमा उनले जे जस्तै भएपनि आफुले उहाहरु सबैको सयम्मान गर्ने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर