Logo

एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा पन्थद्दारा उम्मेद्वारी, बढ्यो एनआरएनएमा चुनावको माहोल


 

अमेरिका, बाल्टिमोर । गैर आवासीय नेपाली संघ-अमेरिका (एनआरएनए-अमेरिका) को वरिष्ठ उपाध्यक्ष पदमा कृष्णजिबी पन्थद्दारा उम्मेद्वारी दिएका छन् । अहिले अमेरिका भरी चुनावको सरगर्मी उनको पक्षमा बढ्दै गएको छ ! यसैगरि, एकपछि अर्को गरि उमेद्वारी दिने लर्कोसॅगै समाजसेवी कृष्णजिबी पन्थले पनि वरिष्ठ उपाध्यक्षको पदमा उमेद्वारी दिएर एनआरएनए अमेरिकालाई अझ सबल तथा सक्षम बनाएर मात्र छोड्ने उनले बताएका छन् । 

निर्भिक निडर र हक्की स्वाभावका उपाध्यक्ष कृष्णजिबी पन्थले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिनका लागि मात्र नभएर एनआरएनए अमेरिकालाई संसारकै ठूलो सक्षम तथा नेतृत्व गर्न सक्ने संस्था बनाएरै छोड्ने बाचा ओएसभेगो (OSVEVO) जस्तो चर्चित अनलाईनका संवाददातालाई जानकारी गराएका छन । 

गतवर्षको सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनमा सबैभन्दा बढी मतप्राप्त गरी विजयी भएका बहालवाला पन्थ ‘गतिशिल, पारदर्शिता र सक्षम एनआरएनए’ भन्ने मुल नाराका साथ आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएको ओएसभेगो (OSVEVO) संवाददातालाई जानकारी गराएका छन ।

नेपालको तनहुँ जिल्लामा जन्मिएका पन्थ नेपालमा रहदा युसेप नेपालको कार्यक्रम संयोजकको रुपमा १० बर्ष आवद्ध रहेर बालबालिकाहरुको उत्थान र सेवामा अनवरत लागेका थिए । ११ बर्ष अगाडी अमेरिका आएर बाल्टिमोरलाई कर्मथलो बनाएका पन्थ मेरिल्याण्ड राज्यमा रहेको हिन्दु बुद्ध मन्दिर र बानाको ट्रस्टी समेत रहेर अहोरात्री र अहोदिन समाज सेवामा खट्दै आएका हुन । अमेरिकी नेपाली समाजमा ईतिहास कोर्न सफल एचबी भन्डारीको निर्वाचन अभियान जस्तो किन नहोस् चाहे नेपालीहरूको जुनसुकै अभियानमा पनि आफ्नो काम छोडेर रातदिन खटेर लाग्ने कृष्ण साच्चैका कृष्णै जस्ता रंग र ढंग मिल्ने हुनुको साथै स्वाभाव पनि मिल्ने चरित्र भएका नेपालीहरु बताउँछन । 

उम्मेद्वार पन्थ एनआरएनए अमेरिकाको वर्तमान कार्यमितिमा परिवर्तनका मुद्दाहरु स्पष्ट रुपमा राख्ने अव्वल दर्जाका पदाधिकारीहरू मध्ये पर्दछन् । कोरोनाको विगविगीमा पनि चाहे मेरिल्यान्ड राज्यमा रहेको नेपाली समुदायलाई होस् वा चाहे अमेरिका भरिकै विभिन्न राज्यमा रहेका नेपाललाई सहयोग गर्न सक्रिय भएको अमेरिकामा बस्ने नेपालीले बताएका छन् । त्यसैगरि, समस्यामा परेका बिद्धार्थी तथा परिवार लगायत अमेरिकाका बिभिन्न राज्यहरुमा बसोवास गर्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई दिलोज्यान लगाएर सेवामा अहोदिन तथा अहोरात्र खटेका पन्थ एनआरएनए अमेरिकालाई पारदर्शी, सेवामुखी, सक्षम र परिवर्तनमुलक संस्था बनाउने मुद्दामा कार्यसमितिमा एक्लै पनि आफ्नो आवाज उठाएका कैयन उदाहरणहरु छन् । 

आफु एनआरएनए अमेरिकाको लागि सभापतिका सम्भावित अध्यक्षका उम्मेद्वार हुन सक्ने सम्भावनालाई थाति राखेर क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने मान्यताले बरिष्ठ उपाध्यक्षमा आफ्नो उमेद्वारी दिएको पन्थ बताउँछन । एनआरएनए अमेरिकाको निर्वाचनका लागि सबल सक्षम र निर्भिक बोल्न सक्ने तथा काम गर्न सक्ने उमेद्वारको रूपमा आफूलाई उभ्याएको कुरा बताउॅदै एनआरएनए अमेरिकाको गत वर्षको निर्वाचनमा सबैभन्दा बढी मत दिएर गत निर्वाचनमा जिताएको जिम्मेवारीलाई आत्मसाथ गर्दै सबैको सल्लाहनुसार आगामी २०२१–२०२३ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा सेवाको कर्तव्य सम्झेर निर्वाचनमा लाग्ने ओएसभेभोलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)