पुरै ब्लाक लुक्समा बलिउड अभिनेत्री मलाइका अरोडा , फ्यानहरुले गरे तारिफ , फोटो भयो छिन भरमै भाइरल • Osvevo

पुरै ब्लाक लुक्समा बलिउड अभिनेत्री मलाइका अरोडा , फ्यानहरुले गरे तारिफ , फोटो भयो छिन भरमै भाइरल

Loknath Rijal (Jhapa) September 24, 2021
0

बलिउडकी सुरा सुन्दरी मलाइका अरोडा फेशनको लागि एकदमै अगाडि रहेकी छिन् । उनको फेसन र फिटनेसको सबैले तारिफ गर्ने गरेका छन् । त्यतिमात्र हैन पछिल्लो समय आफु भन्दा धेरै कान्छो नायक अर्जुन कपुर संगको अफेयरका कारण झन् चर्चाको शिखरमा रहेकी छिन ।

अक्सर गरेर उनी आफु निकटका संग भेटघाट र रमाईलो गर्नमा पछि पर्दिनन् । यसैक्रममा मलाइका गएराती गर्जियस लुकमा देखिएकी छिन् । फेशन डिजाइनर मनीष मल्होत्राको घरमा मलाइका पुरै ब्लाक ड्रेसमा देखिएकी हुन् । उनले शिर देखी तिर सम्म कालो कपडा मात्र लगाएकी थिईन् । मलाइकाको यो फोटो अहिले पुरै भाइरल भएको छ ।

फोटोहरुमा उनी कालो रंगको स्टाइलिस लंग गाउनमा देखिएकी छिन् । एकदमै ज्यान सुहाउँदो गाउनमा मलाइकाको टोन्ड बडी फिगर फ्लन्ट भइरहेको थियो । तर उनको लुक्स भने एकदमै काफि सिम्पल रहेको थियो ।

उनले मेकअप पनि लाइट मात्र गरेकी थिईन् । उनले यो गाउनको साथमा कालो कलरको क्लासी हिल्स समेत लगाएकी थिईन् । उनी संगै मनिषको घरमा करिश्मा कपुर , अमृता अरोडा, अनन्या पाण्डे तथा गौरी खान पनि गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर