Logo

सती अनुसूया, DNA र दत्तात्रेय एक अध्ययन


किरण आचार्य
म सानी छँदा एउटा चलचित्र हेरेकी थिए, सती अनुसूया । उनका पति दृष्टिविहीन थिए र उनी चरम गरिबीमा ह्विल चेयरमा पतिलाई गुडाउँदै भिक्षाटन गरेर जीविका चलाउँथिन् । चलचित्रको त्यो दृश्यले म लगायत सबै दर्शकलाई स्तब्ध बनायो । त्यो देखेर मलाई लाग्थ्यो सतीले यस्तो पो गर्नुपर्दाे रहेछ । तर वास्तविक जीवनमा भने त्यस प्रकार भिक्षाटन गर्नु व्यक्ति र समाजको नजरमा हेय मानिँदो रहेछ । त्यतिखेर मैले छुट्याउन जानिनँ कि उनी किन इतिहासकी पात्र भइन् ? ब्रह्मा, विष्णु र महादेव उनी नुहाउँदा उनीकहाँ भिक्षाटन गर्न आएका र उनले उनीहरूलाई नग्न भएर भिक्षा दिए मात्र लिने अन्यथा श्राप दिने भनी प्रस्ताव राखे । त्यसपछि ती तिनै जनालाई बालक बनाई राखेको घटनाले मलाई प्रभावित ग¥यो । केही वर्षको अन्तरालपछि यस कथालाई विज्ञानसित जोडेर हेर्न मन लाग्यो । सरसरी हेर्दा यो घटना बुझ्न म असफल भएँ भने मनोरञ्जनका लागि मात्र रचित काल्पनिक पात्र मान्न म तयार छैनँ । किनभने सती अनुसूयाका पुत्र दत्तात्रेयका सन्तानलाई आत्रेय गोत्री भनिन्छ र म पनि त्यही गोत्रकी सन्तान हुँ ।
तत्कालीन अवस्थामा लेखन व्यवसायले व्यापकता पाएको थिएन । तसर्थ त्यति बेला स्मृति (पढेका कुरालाई घोकेर सम्झना राख्ने) श्रुति (भनिएका कुरालाई सुनेर सम्झनामा राख्ने)को व्यापकता थियो । यसले गर्दा कथावाचकले आफ्नो अनुकूलता, ज्ञान र अभिरुचि अनुसार घटनाक्रमहरूलाई थप्दै जोड्दै लगेको हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।
अब प्रश्न उठ्छ कि अनुसूया को थिइन् ? र त्रिदेव एकैपल्ट उनका कुटीमा किन आए ? अर्थात् आउनुको प्रयोजन के थियो ? त्रिदेव स्वयं एउटी सती स्त्रीको घरमा आउनु अत्यन्तै महत्वपूर्ण कार्यको प्रयोजन हुनुपर्छ । श्रुतिअनुसार अनुसूया र ऋषि अत्रिले त्रिदेवलाई पुत्र रूपमा प्राप्त गर्न घोर तपस्या गरे र त्यही वरदान प्राप्त गरे । तसर्थ सतिको परीक्षा लिन र वरदान पूरा गर्न त्रिदेव उनीकहाँ भेष बदलेर भिक्षा माग्न गए । अनुसूयाले भिक्षा दिन खोज्दा नग्न रूपमा दिए मात्र भिक्षा लिने सर्त उनीसामु राखे । उनीहरूको विचार सुनी सतीले आफ्नो सतित्वबलले त्रिदेवहरूलाई ६÷६ महिनाका शिशु बनाएर भिक्षा दिइन् र केही समय पालिन् पनि भन्ने जनश्रुति छ । यसरी उनीहरूलाई बालक बनाउँदा सन्तान जन्मिनुसित कुनै तालमेल बस्दैन । केही मत अनुसार त्रिदेवलाई एकैपल्ट पृथ्वी छोड्नुपर्ने भएकाले उनीहरूको अनुपस्थितिमा उनीहरूकै गुण, धर्म, अनि क्षमता भएको व्यक्तिको पनि आवश्यकता महसुस गरी मृत्युलोकको रक्षा गर्न र ऋषि अत्री र उनकी पत्नी अनुसूयाको वरदान पूरा गर्न दत्तात्रेयको जन्म भएको भन्ने कुरो मिल्दोजुल्दो लाग्छ । उनले तिनै जनालाई ६ महिनासम्म बालक बनाइराखिन् भन्ने भनाइ पनि छ । यो कुरा त्रिदेवीहरू (लक्ष्मी, सरस्वती र काली) लाई थाहा भयो । त्यसपछि त्रिदेवीहरू अनुसूयाकहाँ गई सतीसित माफी मागे । उनीहरूले आआफ्ना स्वामीलाई फर्काएर लगेका थिए भन्ने पनि उल्लेख छ ।
शास्त्रहरूमा उल्लेख भएअनुसार विष्णुका स्वरूप दत्तात्रेय, ब्रह्माका स्वरूप चन्द्र र रुद्र स्वरूप दुर्वासा ऋषिहरू जन्माइए । केही वर्षपछि चन्द्र ऋषि र दुर्वासा ऋषि तपस्या गर्न जङ्गल जाँदा आफ्ना शक्तिहरू पनि दत्तात्रेयलाई नै दिएर गए भन्ने पनि भनाइ छ । त्यस बेला दत्तात्रेयलाई आफ्नो बाबु अत्रीको राज्यभार सम्हाल्नुपर्ने थियो । योगधारण गर्नुअघि अत्री राजा थिए । यस प्रकार दत्तात्रेयलाई त्रिदेवको शक्ति प्राप्त थियो पनि भनिन्छ । अब प्रश्न उठ्छ कि त्रिदेवले अनुसूयालाई यसको योग्य किन ठाने ? या त उनीसित आजको टेस्टट्युब बेबी जन्माउन सक्ने दक्षता थियो, वा म्ल्ब् बाट बच्चा जन्माउने दक्षता थियो अथवा नियोगद्वारा यी तिनै जना ऋषिहरू— दत्तात्रेय, चन्द्र र दुर्वासा जन्माइएका थिए । सबैभन्दा महत्वपूर्ण कुरो तत्कालीन ऋषिमुनिहरू त्यस समयका अनुसन्धानकर्ता थिए । यसबारे हिन्दुहरूले व्यापक खोजी र अनुसन्धान गर्नु आजको दुनियाँको आवश्यकता हो । अङ्ग्रेजीमा भन्नुपर्दा ऋषिहरू तत्कालीन च्भकभबचअजभच थिए । त्यति बेला म्ल्ब् बाट जीवलाई जन्म दिने ज्ञान सम्भवतः अनुसूयासित थियो । त्यही भएर सती अनुसूया र त्रिदेव यी चारै जना भएर दत्तात्रेयको रचना गरेको हुनुपर्छ । यसै कारणले त्रिदेव, त्रिदेवी सबै सतिसामु नतमस्तक भएका थिए ।
वास्तविकता के हो ? यसबारे अझ गम्भीर खोज हुन आवश्यक छ । यसबारे सम्पूर्ण सनातनीहरू अन्योलमा छौँ तर यो अन्योलता कहिलेसम्म ? हाम्रा महत्वका विषयमा, पितापुर्खाले गरेका अध्ययन अनुसन्धानबारे पुनः अनुसान्धान गरी वैज्ञानिकताको आधारमा पुष्टि गर्ने बेला आइसकेको छ भन्ने मेरो सोचाइ छ ।
अब ती दत्तात्रेय को थिए र उनको योगदान के थियो ? भन्नेबारे चर्चा गरौँ ।
भगवान् दत्तात्रेय गुरु वंशका प्रथम गुरु मानिन्छन् । यिनी कपिल ऋषिका भान्जा थिए । यिनका मावली हजुरवुबा कर्दम प्रजापति र मावली हजुरआमा देवभुती थिइन् । प्रतीकात्मक रूपमा उनलाई तीनवटा टाउको भएको देखाइएको हुन्छ । तर उनको शिर एउटै थियो । उनलाई परब्रह्म मूर्ति र गुरु देवदत्त पनि भनिन्छ । दत्तको अर्थ दिनु हुन्छ । उनका पिता ऋषि अत्रीले उनलाई भगवान्ले दिएको प्रसाद मान्थे । उनले महर्षि भृगुबाट ज्ञान प्राप्त गरेका थिए ।
देवदत्तले धेरैबाट शिक्षा लिएका थिए जसलाई उनी गुरु मान्दथे । जसबाट जेजति गुण पाइन्छ त्यसलाई उनी उक्त कुराको गुरु मान्दथे । उनका चौबीस गुरु थिए । ती यस प्रकार छन् ः पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्र सूर्य, कपोत, अजिगर, सिन्धु, पतङ्ग, भमरा, मौरी, हात्ती, मृग, माछा, पीङ्गला, कुटर पक्षी, बालक, कुमारी, सर्प, शरकृत्, माकुरा र भृङ्गी आदि । दत्तात्रेय गुरुवंशका प्रथम गुरु हुनुका साथै साधक, योगी र वैज्ञानिक पनि थिए । हिन्दु मान्यताअनुसार उनले पारद ऋषिबाट व्योमयान (उड्डयानको) शक्ति पत्ता लगाएका थिए र चिकित्साशास्त्रमा क्रान्तिकारी अन्वेषण समेत गरेका थिए ।
उनलाई शिवपन्थीले शिवको र वैष्णवले विष्णुको अवतार मान्दछन् । उनी नाथ सम्प्रदायका नवनाथ परम्पराका पनि अग्रज मानिन्छन् । उनी रसेश्वर सम्प्रदायका प्रवर्तक मानिन्छन् । उनले वेद र तन्त्रमार्गको विलय गरेर एउटै सम्प्रदाय बनाएका थिए । भनिन्छ, उनले परशुराम ऋषिलाई श्रीविद्या मन्त्र प्रदान गरेर उनको क्रोध र अस्थिरता समाप्त पारिदिएका थिए । शिवपुत्र स्कन्दकुमारलाई अनेक विद्या उनैले सिकाएका थिए । भक्त प्रह्लादलाई अनाशक्ति योगको उपदेश दिएर सर्वश्रेष्ठ राजा बनाएका थिए । मुनि संस्कृतिलाई अवधूत मार्ग, कार्तवीर्यार्जुनलाई तन्त्रविद्या र नागाजुर्नलाई रसायनविद्या यिनैले प्रदान गरेका थिए । गुरु गोरखनाथलाई आसन, प्रणायाम, मुद्रा र समाधि अनि चतुरङ्ग मार्ग पनि सिकाए । दत्तात्रेयले अष्टाङ्ग योगको पनि सुरुवात गरेका थिए । शैवनाथ परम्परामा उनी आदिनाथ सम्प्रदायको पहिलो गुरु थिए । उनी अवधूतगीताका रचियता हुन् । यसको अर्थ मुक्तिको गीत हुन्छ । उनका बारेमा धेरै कुराको खोज गर्न बाँकी छ । यस्ता महापुरुषलाई शतशत नमन छ । अस्तु ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)