Logo

गोपेन्द्र भट्टराईको गैरआबासिय एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा उमेद्वारि दिने सुनिश्चित भएको छ ।


गैरआबासिय नेपाली संघ अमेरिकाका बर्तमान आईडी कार्ड व्यवस्थापन समितिका संयोजक गोपेन्द्र भट्टराईको जन्म काठमाण्डौ जिल्लाको थापाथलीमा भएको हो ।

गैरआबासिय नेपाली संघको आसन्न निर्बाचनमा उपाध्यक्षका उमेद्वार भट्टराईले एनआरएन अमेरिकाको धेरै ठाऊॅमा रहेर ईमानदारिताका साथ निरन्तर काम पनि गरेका छन ।

उदाहरणको लागि यसरी विभिन्न ठाऊॅमा रहेर गोपेन्द्र भट्टराईले गर्नु भएको काम तल उल्लेख गरिएको छ -:

1. संयोजक,आईडी कार्ड समिति,एनआरएनए एनसिसि अमेरिकाका- (2017-2019; 2019-2021)
2. सदस्य सचिव,एनआरएनए एनसिसि अमेरिका- (2019 – 2021)
3. सदस्य सचिव,मेम्वरसीप ड्राईभ समिति-:(2019 – 2021)
4. बोर्डअफ डाईरेक्टर,एनआरएनए एनसिसि अमेरिका-: (2017 – 2019)
5. सल्लाहकार,एनआरएनए एनसिसि अमेरिका-: (2013 – 2015)
• Past President, Association of Nepalese in Midwest America (ANMA)
• Founding President, Nepalese Association of Indiana (NAI)

यसरि समाजका हरेक तह र तप्कामा रहेका मानव सेवामा जहिले पनि खटने उहॅाको स्वाभाव र सक्रियता निरन्तर रहि रहेको थियो र छ पनि । नेपाल र नेपालीलाई परेका समस्याहरूमा जहिले पनि खुशीसाथ जिम्मेवारी लिंदै काम गर्नु भएका प्रसस्त उदाहरणहरू छन् ।

गोपेन्द्र भट्टराई भन्नु हुन्छ -:

सबैभन्दा पहिला त यंहाहरु सबैले एनआरएनको अभियानलाई माया गरेर यंहासम्म ल्याउनुभएकोमा अग्रजहरुलाई सम्मान अनि सहयात्री साथीहरुप्रती हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । जन्मभुमी नेपाल र कर्मका लागि संसारभर रहेका नेपालीहरूको हितका लागि स्थापित एनआरएन अभियानमा हामी रहेको देश अमेरिकालाई बलियो बनाएर अगाडि बढाउनु पर्ने हम्रो चुनौति छ । यस्तो शुभकार्य केहि समय ढिला शुरु भए पनि अमेरिकाले आफ्नो अभियानलाई बिस्तार गर्न सफल भएको छ ।

यसरीनै सकारात्मक सोचका धनी मृदुभाषी गोपेन्द्र भट्टराईको एनआरएनए प्रतिको प्रतिबद्धता,निष्ठा र निरन्तरताका साथै अन्य अप्ठ्यारोमा पर्ने नेपालीहरूको लागि सहयोग र उद्दार कार्यमा संयोजनकारी भुमिका निरन्तर रहॅदै आएको छ ।

गोपेन्द्र भट्टराई गैर आवासीय नेपाली संघको अभियानलाई अझ धेरै ब्यबस्थित तथा तिब्र गतिको रप्तारमा नेतृत्वलाई उर्जावान र चलायमान बनाउन आफूसित संचित ज्ञान, शिप तथा समार्ध्य र अनुभवलाई गैरआवासीय नेपालीहरुको अभियानमा लगाउन समयको माग र आवश्यकतालाई ध्यानमा राख्दै आगामी २०२१- २०२३ कार्यकालको लागी संघको उपाध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरीसक्नु भएको छ ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेशा ,ब्याबसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु आफ्नो प्रतिवद्धता र जोड रहने भट्टराई बताउनु हुन्छ ।

भट्टराईले उपाध्यक्ष पदमा निर्बाचित भएमा सस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने साथै संस्थालाई उत्तरदायी,समाबेशी र सक्षम बनाउने दृढ विचार बोक्नु भएको छ । उहॅाले सम्पूर्ण नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै समाबेशी र सक्षम संस्थाको रूपमा अगाडि बढाउने कार्य योजना रहेको पनि बताउनु हुन्छ । निर्बाचित अध्यक्ष तथा कार्य समितिका योजनाहरूलाई सफल बनाउन उहॅा प्रतिवद्ध हुनुहुन्छ ।

समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने गोपेन्द्रको मुलघर हेटौंडा र पुर्खा तनहॅुको बन्दिपुरवाट सरेको बताउनु हुन्छ । त्यसरिनै धनगढी ससुराली भएकाले सुदुर पश्चिमलाई पनि उत्तिकै माया गर्ने भट्टराई बिगत ३१ बर्ष देखि अमेरिकाको ईन्डियाना राज्यमा बस्दै आएको बताउनु हुन्छ । उहॅाका छोरा र छोरीले पनि आफ्नो अध्यायन समाप्त गरि काम गर्न सुरू गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)