Logo

तनहुँका कृष्णजिबी द्वारा एन आर एन ए अमेरिकाको वरिष्ठ उपाधक्ष्यमा उम्मेद्वारीको घोषणा


बाल्टिमोर
एनआरएनए अमेरिकालाई अझ सबल तथा सक्षम बनाएर मात्र छोड्ने प्रण गर्दै कृष्ण जिवि पन्तले अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एन आर एन ए को आसन्न निर्वाचनको पुर्व सन्ध्यामा एक पछि अर्कोले उम्मेदवारी घोषणा गर्ने लहर चलिरहेकै बेला पन्तले उम्मेदवारी सार्वजनिक गरे संगै एन आर एन ए अमेरिकामा तरंग ल्याइ दिएको छ ।

कृष्णजिबी पन्थले एन आर एन ए अमेरिकाको लागि वरिष्ठ उपाध्यक्षको पदमा उमेद्वारी दिएका छन् । पन्त
निर्भिक निडर र हक्की स्वाभावका जुझारु ब्यक्तित्वका रुपमा चर्चित रहेका छन् ।

एन आर एन ए अमेरिकाका बहालवाला उपाध्यक्ष समेत रहेका कृष्णजिबी पन्थले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी पदका लागि मात्र नभएर एनआरएनए अमेरिकालाई संसारकै ठूलो सक्षम तथा संसारकै एनआरएनएको नेतृत्व गर्ने संस्था बनाएरै छोड्ने बाचा OSVEVO जस्तो चर्चित अनलाईनका संवाददाता संग कुराकानी गर्दै बताएका हुन ।

गतवर्षको सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनमा सबैभन्दा बढी मतप्राप्त गरी विजयी भएका बहालवाला पन्थ ‘गतिशिल, पारदर्शिता र सक्षम एनआरएनए’ भन्ने मुल नाराका साथ आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेको ओएसभेभो लाई जानकारि दिए ।

तनहुँ जिल्लामा जन्मिएका पन्थ नेपालमा रहंदा युसेप नेपालको कार्यक्रम संयोजकको रुपमा १० बर्ष आवद्ध रहेर बालबालिकाहरुको उत्थान र सेवामा अनवरत लागेका थिए । ११ बर्ष अगाडी अमेरिका आएर बाल्टिमोरलाई कर्मथलो बनाएका पन्थ मेरिल्याण्ड राज्यमा रहेको हिन्दु बुद्ध मन्दिर र बानाको ट्रस्टी समेत रहेर अहोरात अहोदिन समाज सेवामा खटेका हुन । चाहे अमेरिकी नेपाली समाजमा ईतिहॅास कोर्न सफल एचबी भन्डारीको निर्वाचन अभियान किन नहोस् चाहे नेपालीहरूको जुनसुकै अभियानमा पनि आफ्नो काम छोडेर रातदिन खटेर लाग्ने कृष्ण सॅाच्नैका कृष्णै जस्ता रंग र ढंग मिल्ने मात्र कहॅा हो र ? स्वाभाव पनि मिल्ने स्वाभावका छन् ।

ऊनी एनआरएनए अमेरिकाको वर्तमान कार्यमितिमा परिवर्तनका मुद्धाहरु स्प्रष्ट रुपमा राख्ने अव्वल दर्जाका पदाधिकारीहरू मध्ये पर्दछन ।
कोरोनाको विगविगीमा पनि चाहे मेरिल्यान्ड राज्यमा रहेको नेपाली समुदायलाई होस् चाहे अमेरिका भरिकै विभिन्न राज्यमा रहेका नेपालालाई सहयोग गर्न पछि हटेनन् ।

त्यसैगरि समस्यामा परेका बिद्धार्थी तथा परिवार लगायत अमेरिकाका बिभिन्न राज्यहरुमा बसोवास गर्ने नेपाली दाजु,भाइ तथा दिदी र बहिनीहरूलाई दिलोज्यान लगाएर सेवामा अहोदिन तथा अहोरात्र खटेका पन्थ एनआरएनए अमेरिकालाई पारदर्शी, सेवामुखी, सक्षम र परिवर्तनमुलक संस्था बनाउने मुद्दामा कार्यसमितिमा एक्लै पनि आफ्नो आवाज वुलन्द वनाएको कैयौ उदाहरणहरु छन ।

आंफू एनआरएनए अमेरिकाको लागि सभापतीका सम्भावित अध्यक्षका उम्मेद्वार हुन सक्ने सम्भावनालाई थांति राखेर विस्तारै क्रमैसॅग अगाडि बढ्नु पर्छ भन्ने मान्यताले आफ्नो उमेद्वारी बरिष्ठ उपाध्यक्ष पदमा अगाडि सारेको बताउॅ छन् ।

एनआरएनए अमेरिकाको निर्वाचनका लागि आंफूलाई सबल सक्षम र निर्भिक बोल्न सक्ने तथा काम गर्न सक्ने उमेद्वारको रूपमा आंफूलाई उभ्याएको कुरा बताउॅदै एनआरएनए अमेरिकाको गत वर्षको निर्वाचनमा सबैभन्दा बढी मत दिएर गत निर्वाचनमा जिताएको जिम्मेवारीलाई आत्मसाथ गर्दै सबैको सल्लाहनुसार आगामी २०२१ – २०२३ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा सेवाको कर्तव्य सम्झेर निर्वाचनमा लाग्ने ओएसभेभोलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)